मिराकल इन्स्टिच्युटको दश वर्षे यात्रा

कुलराज बराल
प्रवन्ध निर्देशक, मिराकल इन्स्टिच्युट प्रालि

समाजको उन्नति र प्रगति त्यहाँको शैक्षिक अवस्थाले प्रतिविम्बित गर्छ । व्यक्तिको व्यक्तित्व समाजको सामाजिक एवं आर्थिक विकास शिक्षा बिना असम्भव छ । शिक्षामा बढ्दै गएको आर्थिक पहुँच, आधुनीकरण र विश्वव्यापीकरणले गर्दा शिक्षाका स्रोत र माध्यमहरु परिवर्तन हुँदै गए र फराकिला हुँदै गए । त्यसैले स्वदेश बाहिरको विश्व भूगोलमा गइ आफूले चाहेको विषयमा समयसापेक्ष, गुणस्तरीय र आधुनिक शिक्षा लिन जाने विद्यार्थीहरुको संख्या बढ्दै गएको छ । अहिलेको विश्व प्रतिस्पर्धात्मक शैक्षिक बजारमा आफूलाई सफल र सक्षम रुपमा द¥याउन अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो गुणस्तरीय शिक्षाको आवश्यकता छ ।

समयको मागले नेपाली विद्यार्थीहरु विदेशी शिक्षण संस्थाहरुबाट प्राप्त हुने गुणस्तरीय शैक्षिक सेवा र सुविधाको लाभ लिन चाहेका छन् । यही मर्म र विषयलाई मनन् गर्दै विदेशस्थित शिक्षण संस्थाहरुबाट उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी वैदेशिक अध्ययनको पहुँचलाई सरल र सहज बनाउन आवश्यक सम्पूर्ण सेवा सुविधा प्रवाह गर्ने उद्देश्यले २०६६ मंसिर ३ गते पोखराको गैह्रापाटनमा मिराकल इन्स्टिच्युट प्रालि स्थापना भएको हो । यस संस्थाले पोखरालाई आफ्नो प्रमुख सेवा क्षेत्र मानी कार्य सञ्चालन गर्दै आएको छ । आजसम्म आइपुग्दा संस्थाले सफल एवं गर्व गर्न लायक १० वर्षे यात्रा पुरा गरिसकेको छ । हाल यसको कार्यालय पोखराको चिप्लेढुंगाको बतास मल्ल कम्प्लेक्समा छ ।

jutta mela

आरम्भकालमा अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरु केन्द्रित गरी आफ्ना सेवा र सुविधाहरु प्रदान गर्दै आएको यस संस्थाले स्थापनाको सुरुवाती समयमै उल्लेख्य संख्यामा नेपाली विद्यार्थीलाई अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयहरुमा अध्ययनको अवसर गराउन सफल भएको थियो । परिवर्तित समयको चाहना, अभिभावकको सल्लाह र विद्यार्थीको बढ्दो मागलाई ध्यानमा राखी हाल यस संस्थाले आफ्नो सेवा क्षेत्र बढाएको छ । हाल यस संस्थाले अमेरिकासँगसँगै क्यानडा, युके, अष्ट्रेलिया र जापानमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि आवश्यक सम्पूर्ण तयारी जस्तै अँग्रेजी सिप एवं दक्षता परीक्षण (आयल्स, टोफेल, एसएटि) का तयारी कक्षाहरु, जापानीज भाषाको शिक्षण कक्षाहरु एवं विद्यार्थीलाई विषय, तह, शिक्षण संस्था छनौट र प्रवेशका लागि आवश्यक सम्पूर्ण पूर्व तयारी एवं परामर्श सेवा प्रदान गरिरहेको छ ।

हरेक विद्यार्थीको सिक्न सक्ने व्यक्तिगत सिकाई क्षमतालाई ध्यानमा राखी शिक्षण सिकाइमा नयाँनयाँ विधि र प्रविधिको उच्चतम प्रयोग गरी पूर्ण शैक्षिक तथा प्राविधिक वातावरणमा विषयबस्तुमा निपूर्ण, लामो समयको शिक्षण अनुभव भएका शिक्षकहरुबाट आफ्ना तयारी कक्षाहरु सञ्चालन गरिरहेको छ । वैदेशिक अध्ययनको परामर्श एवं डकुमेन्टेसनको लागि शिक्षा मन्त्रालयबाट रजिष्टर्ड उच्च योग्यता र अनुभवी एवं फरकफरक राष्ट्रको लागि परामर्शको विभिन्न कोर्ष जस्तै आइसिइएसले अमेरिकाको लागि युएसएटिसी, क्यानडाको लागि सिसिजी, अष्टे«लियाको क्युइएसी रजिष्टर्ड विज्ञहरुबाट परामर्श सेवा प्रदान गरिरहेको छ ।

सदैव गुणस्तरीय एवं पारदर्शी सेवामा विश्वास गर्ने यस संस्थाले गरिब १ सय ५० भन्दा बढी विदेशी शिक्षण संस्थाहरुसँग सिधा सम्पर्कमा रही कार्य गरिरहेको छ । पोखरालाई आफ्नो मूख्य सेवा क्षेत्र बनाई सेवा प्रवाह गर्ने संस्थाहरु मध्यमा सबैभन्दा ठूलो शैक्षिक संस्थाहरुको सम्बन्धन सञ्जाल यस संस्थासँग छ । जसको कारण विद्यार्थीहरुले बहु विकल्पको अवसर प्राप्त गरी कम आर्थिक भारमा अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा लिन सघाउ पु¥याउने भरपर्दो माध्यम मिराकल इन्स्टिच्युट बनेको छ । आफ्नो सेवा र सुविधालाई थप सुदृढ एवं समयानुकुल अद्यावधिक गर्दै आफ्नो लक्षित क्षेत्रलाई अझ फराकिलो बनाउने क्रममा यस संस्थाले क्यानडा, अष्ट्रेलिया, युकेमा पनि निकै उल्लेख्य संख्यामा विद्यार्थी भर्ना गराउन सफल भएको छ । र, आफ्नो सफलतालाई सदैव निरन्तरता दिइरहेको छ । हालसम्म नेपालका हजारौं विद्यार्थीहरुले मिराकलको सेवा र सुविधाबाट लाभान्वित भइसकेका छन् र स्वदेश एवं विदेशमा विभिन्न पद र हैसियतमा रही सम्मानजनक जीवन बिताइरहेका छन् ।

संस्थाको प्रगति र सफलताको आधार संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सौहार्दपूर्ण व्यवहार, शिक्षक, विद्यार्थी एवं अभिभावकको विश्वास हो । विदेशी शिक्षण संस्थाहरुबाट पनि सहयोग मिलिरहेको छ । आगामी दिनमा पनि हाम्रा विद्यार्थी, अभिभावकको सेवामा हामी निरन्तर सक्रिय रहनेछौं । सम्पूर्ण सहयोगीहरुप्रति यस संस्था कृतज्ञ छ र सदैव हुनेछ ।

You might also like

Comments are closed.