मिसेस कल्चरलाई कुन्दन तेलको साथ

माघ, १६ पोखरा,
संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको वाइवाइ मिसेस कल्चर नेपालको तेस्रो संस्करणलाई चाचान ग्रुप अन्तर्गतको कुन्दन हेल्थ सन्फ्लावर तेलले सह–प्रायोजन गर्ने भएको छ ।

“हाम्रो संस्कृति हाम्रो पहिचान, लोप उन्मुख संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मूल नाराको साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि. ले आयोजना गर्ने उक्त कार्यक्रममा सह–प्रायोजक गर्ने गरि गत सोमबार सम्झौता भएको हो । सम्झौता पत्रमा नारायणी आयल रिफाइनरी उद्योग प्रा.लि. को तर्फबाट गण्डकी धौलागिरी म्यानेजर जगत धामी र पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै धामीले लोपउन्मुख संस्कृतिको जगेर्नाको साथै विवाहित महिलाहरुको आन्तरिक उजागर गरी समाजमा सवल रुपमा स्थापित गर्ने यस कार्यक्रमले उद्देश्य लिएकोले आफूहरु पनि प्रायोजकको रुपमा सहभागी भएको बताए । त्यस्तै संस्थाकी अध्यक्ष गौतमले बढ्दो क्रममा भित्रिएको पश्चिमेली संस्कृतिका विरुद्ध विशेषगरी महिला दिदी बहिनीहरु लाग्नुपर्ने र यस अभियानमा हरेक दिन घरमा प्रयोग हुने कुन्दन तेल समेत सहभागी भएकोमा कम्पनी प्रति आभार प्रकट गरिन ।
इभेन्टमा प्रमुख प्रायोजकमा सि.जी फुड्स र सह–प्रायोजकमा हरपल फुड्स रहेको आयोजकले बताएको छ ।

You might also like

Comments are closed.