मिस्टर एण्ड मिस एस.ई.ई. गण्डकी सम्पन्न

पोखरा, १८ जेठ ।

एस.ई.ई. परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गदै आयोजना गरिएको सौन्दर्य प्रतियोगिता “मिस्टर एण्ड मिस एस.ई.ई. गण्डकी २०१८” सम्पन्न भएको छ । पिसजोन एकेडेमीकी १५ बर्षिया श्रृष्टी घिमिरेले मिस एस.ई.ई. गण्डकी २०१८ को ताज पहिरिन सफल भईन् ताज संगै एलिनाले ५० हजार नगद रुपैया र अन्य हजारौका गीफ्ट भौचरहरु प्राप्त गरिन् । त्यस्तै मिस्टर एस.ई.ई. गण्डकी २०१८ को उपाधी प्रतिभा स्कुलका १६ बर्षिय सन्देश भुर्तेलले प्राप्त गरेका छन् सन्देशले पनि उपाधीको टोपी संगै ५० हजार नगद रुपैया र अन्य हजारौका गीफ्ट भौचरहरु प्राप्त गरेको आयोजक संस्थाको प्रबन्ध निर्देशक सुरज थापाले जानकारी गराए ।

युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास अबिवृद्धि र सामाजिक क्रियाकलाप आदीमा अग्रसर गराउने उद्देश्यले एस.टी. क्रियशनको आयोजनामा होटल पोखरा ग्रान्डमा सम्पन्न प्रतियोगितामा मिस एस.ई.ई. गण्डकी तर्फ हावर्ड एकेडेमीकी १४ बर्षिया प्रज्ञा पौडेलले फस्ट रनरअप र मदरल्याण्ड स्कुलकी १५ बर्षिय सशिकला तामाङ सेकेण्ड रनरअप घोषित भए भने मिस्टर एस.ई.ई. गण्डकी तर्फ सगरमाथा स्कुलको १५ बर्षिय सुलभ बिक्रम शाही ठकुरीले फस्ट रनरअप र शान्ति निकुन्ज स्कुलका १७ बर्षिय सफल सुबेदी सेकेण्ड रनरअप घोषित भए । उनिहरुले उपाधि संगै क्रमस २५ हजार रुपैया र १५ हजार रुपैया नगद पुरस्कार र अन्य गिफ्ट ह्Þयाम्पर र भौचरहरु प्राप्त गरेका छन् । कुल १५ जना सहभागी प्रतियोगितामा ज्ञानकुञ्ज स्कुलकी १५ बर्षिय अन्तिमा गौचन र स्याङ्गजाको १६ बर्षिय शंकर थापाले थर्ड रनरअप र रेखा गुरुङ र हिमान्सु थापाले भियुअस च्वाईसको टाईटल अर्वार्ड मार्फत पुरस्कृत भए ।

प्रनिश श्रेष्ठ, सौरभ थापा, सुस्मीता पुन, ममता रानाको संयुक्त कोरियोग्राफीमा सम्पन्न भएको कार्यक्रममा नृत्य, गायन, तथा हास्य प्रहशन जस्ता प्रस्तुतीले दर्शकको मनलाई मोहित बनाएको थियो ।

प्रतिस्पर्धीको मूल्याङ्कनका लागि ईभेन्ट फोरयुका निर्देशक बिशाल गुरुङ, नबदिप स्कुलकी प्रिन्सीपल तथा गायीका कौशल्या गुरुङ, सञ्चारकर्मी तथा मन्जरी ग्रुपका अध्यक्ष बिशाल एच आले, मिसेस तीज तथा सञ्चारकर्मी रोजी श्रेष्ठ, र कोरियोग्राफर तथा मोडल अनुशा श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

संञ्चारकर्मी इनिशा दुरामगरले सञ्चालन गरेको प्रतियोगितामा बरिष्ठ सौन्दर्यकर्मी, महिला उद्यमी तथा समाजसेवी चिनु गुरुङको प्रमुख आतित्थ्यतामा तारे होटल पोखरा ग्रान्डमा भएको कार्यक्रम करीब ४ घण्टासम्म चलेको थियो ।

lcci
You might also like

Comments are closed.