पोखरा, १ असार
एस.ई.ई. परिक्षा दिएर बसेका बिद्यार्थीलाई लक्षित गदै हिमाअज एजुकेशनको प्रस्तुतीमा आयोजना गरिएको सौन्दर्य प्रतियोगिता “मिस्टर एण्ड मिस एस.ई.ई. गण्डकी २०१९” शनिबार होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि सनिशा गुरुङ र समिर गुरुङले हात पारेका छन् । त्यस्तै फष्ट रनर अपमा दिपिशा कोइराला र राहुल सापकोटा, सेकेण्ड रनरअपमा प्रतिमा भण्डारी र निशान सुनार, र थर्ड रनरअपमा स्नेहा गुरुङ र रामकृष्ण भण्डारीले हात पार्न सफल भए । प्रतियोगितामा रोजी बास्तोला र आवेश गुरुङ भ्युअर्स च्वाइसको अवार्ड प्राप्त गरे । उपाधि विजेता सनिशा गुरुङ र समिर गुरुङले नगद पचास–पचास हजार रुपैया र न्यु ग्यालेक्सी उच्च माबिमा पुर्ण छात्रवृत्ति तथा अन्य गिफ्ट भौचरहरु प्राप्त गरेका छन् । फष्ट रनरअप बन्न सफल दिपिशा कोइराला र राहुल सापकोटाले भने पच्चिस–पच्चिस हजार नगद पुरस्कार र न्यु ग्यालेक्सी उच्च माबिमा पचास प्रतिशत छुटमा छात्रवृत्ति प्राप्त गरेका छन् भने सेकेण्ड रनरअप प्रतिमा भण्डारी र निशान सुनारले पनि पचास प्रतिशत छुटमा छात्रवृत्ति सहित नगद पन्ध्र–पन्ध्र हजार रुपैया नगद पुरस्कार प्राप्त गरेको एस टी क्रियसनका निर्देशक सुरज थापाले जानकारी दिए ।
युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास अबिवृद्धि र सामाजिक क्रियाकलाप आदीमा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा २६ जना बिद्ध्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रनिश श्रेष्ठ, ज्योती सापकोटा, सुशिला गुरुङ, रोश्नी ढकाल, सफल सुवेदीको संयुक्त कोरियोग्राफीमा सम्पन्न भएको कार्यक्रममा नृत्य, गायन, हास्य प्रहशन जस्ता प्रस्तुतीले दर्शकको मनलाई मोहित बनाएको थियो ।
प्रतिस्पर्धीको मूल्याङ्कनका लागि मदरल्याण्ड उच्च माविका फाउण्डर तथा निर्देशक डा. त्रिभुवन शर्मा बराल, न्यु ग्यालेक्सी उच्च माबिका प्रिन्सिपल तथा हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, सञ्चारकर्मी तथा मन्जरी ग्रुपका अध्यक्ष बिशाल एच आले, मिसेस गण्डकी निलिमा हिराचन, मिस गण्डकी लक्ष्मी गुरु∙, मिष्टर हस्पिटालिटी नेपाल रेशम कुमाल, र मिष्टर टिन कन्टिनेट मन्जेश गिरी लगायतले निर्णायकको भुमिका निर्वाह गरेका थिए । प्रतियोगिताको निर्णायक संयोजक आशिश पुरीले रहेका थिए ।
संञ्चारकर्मी इनिशा दुरामगर र एकिन गुरुङले सञ्चालन गरेको प्रतियोगितामा विभिन्न विधामा अन्य उपाधि तथा अवार्ड प्रतियोगिहरुलाई प्रदान गरिएको थियो । ग्राण्ड फिनालेमा सहभागिहरुले आफुलाइ ३ वटा भिन्न भिन्न राउण्डमा प्रस्तुत गरेका थिए ।
Comments are closed.