पोखरा, ४ माघ
शनिबार पोखरामा मिस तामाङ्ग पोखराको अन्तिम प्रतिस्पर्धा हुदैछ । बैदाम तामाङ्ग सेवा समाजको आयोजनामा प्रतियोगिता हुन लागेको हो । युवा पिंढीलाई तामाङ्ग संस्कृति र संस्कार बारे जानकारी दिनुका साथै तामाङ्ग समुदायका युवतीहरुको ब्यक्तित्व र नेतृत्व क्षमता अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । समाजले हरेक बर्ष ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा गर्दै आएको छ । यस पटक २८५४ औं सोनाम ल्होसार फागुन ४ गते ग्याल्पो ल्होसार संगै परेको छ । कार्यक्रम ६ गते शनिबार पोखरा सभागृहमा हुनेछ ।
प्रतियोगितामा पोखरा, काठमाण्डौं तथा देशका बिभिन्न भागबाट तामाङ्ग समुदायका १५ जना सहभागिहरु प्रतिस्पर्धा गर्दैछन । सहभागिहरुमा सुस्मिता लामा गोले स्वयम्भु काठमाण्डौ, सोनाम बम्जन सिम्पानी पोखरा, अनिता लामा लेकसाइड, इशिका तामाङ्ग लेकसाइड, सुस्मिता तामाङ्ग फुलबारी, लक्ष्मी तामाङ्ग याम्दी, शसी तामाङ्ग रत्नचोक, ओमिसा लामा नयाबजार, पनिता तामाङ्ग, सोनी तामाङ्ग लालिगुरास टोल, कविता लामा योन्जन रामेछाप, मोनिका तामाङ्ग बालाजु काठमाण्डौ, विष्णु मोक्तान, सेलिना मोक्तान, निलम तामाङ्ग मालेपाटन रहेका छन् ।
पोखरा सभागृहमा हुने अन्तिम प्रतिस्पर्धामा प्रथम नेपाल आइडल बुद्ध लामालाई सम्मान गरिने छ । कार्यक्रममा गायक अभिनाश घिसिङ्ग सोनिका लामा के.सी लगायत राष्ट्रिय ख्याती प्राप्त कलाकारका प्रस्तुतीका साथै तामाङ्ग सांस्कृतिक नृत्य रहने छन् ।
कार्यक्रमको उद्देश्य पोखराको लेकसाईडमा निर्माणाधिन रिन्छिन तोर्जेत शान्ति गुम्बालाई सहयोग गर्ने रहेको छ ।
Comments are closed.