मिस पोखराले सेलिब्रिटी बनाउँछ : ममता जोशी

ममता जोशी, मिस पोखरा २०१७

मिस पोखरा यस्तो प्लेटफर्म हो जसले रातारात सेलिब्रिटी बनाउँछ । नाम अनुसारको व्यक्तिको व्यक्तित्वको हाइट बढाउँछ । टाइटलले आम पोखरेलीमाझ परिचित गराउछ र सबैले चिन्न थाल्छन् । सबैले रेसपोन्स गर्न थाल्छन् ।

यस प्रतियोगिताले अवसरको ढोका खोल्छ । सर्वप्रथम त मिस पोखरा भएपछि मिस नेपाल बन्ने ढोका खोल्छ । मिस पोखरालाई मिस नेपालमा भाग लिनका लागि अडिसन पनि दिनुपर्दैन, सिधै प्रतिष्पर्धा गर्न पाईन्छ । यो ठूलो अवसर हो । यस प्रतियोगितामा सहभागि प्रतियोगि युवतीहरुलाई तालिम दिएर सक्षम बनाइन्छ । म पनि गर्न सक्छु भन्ने आत्मविश्वास जगाईदिन्छ । सकारात्मक सोंचको विकास गराउँछ । यसले गर्दा समाजमा घुलमिल हुन र नेतृत्व लिन सहज बनाउँछ ।

jutta mela

मिस पोखराको ताज जित्नु ठूलो कुरा हो । त्यसैले यो ताज जित्नका लागि कडा परिश्रम गर्नुपर्छ । एकचित्त भएर त्यसको तयारी गर्नुपर्छ । लक्ष्य निर्धारण भइसकेकाले त्यो प्राप्तीका लागि जोश, जाँगर, लगाव, दृढ इच्छाशक्ति देखाउनुपर्छ । आफूभित्रको ट्यालेन्ट बाहिर सहज रुपमा देखाउन सक्ने हुनुपर्छ ।

आत्मविश्वासी हुनुपर्छ तर आत्मविश्वासी हुनका लागि ज्ञान चाहिन्छ र त्यो हार्डवर्क र अभ्यासबाट मात्रै सम्भव छ । त्यसका लागि प्रतियोगी तयार हुनुपर्छ ।

You might also like

Comments are closed.