मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न व्यवसायिक संस्थामा छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जसअन्तर्गत, NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company ), Bajeko Sekuwa रहेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा १५% सम्मको छुट पाउने व्यवस्था गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए । ।

बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque जारी शुल्क र अन्तरशाखा बैंकिङ कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना शुल्क रकम झिक्न सकिने व्यवस्था गरिरहेको छ ।

You might also like

Comments are closed.