मुक्तिनाथ विकास बैंकद्वारा राहत सहयोग

काठमाडौं ।
बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले राहत वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै राहत सामाग्री वितरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

बैंकको शाखा कार्यालय विर्तामोडले सहारा नेपाल (साकोस)ले सञ्चालन गरेको “एकका लागि एक अभियान’’ लाई आर्थिक सहयोग गरेको छ । उक्त अभियानले बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आइरहेको छ । सहयोग रकम बैंकका प्रदेश नं १ का क्षेत्रिय प्रमुख मनोज बिष्ट र विर्तामोड शाखाका शाखा प्रमुख हरि ओझाले “एकका लागि एक अभियान’’का संयोजक महेन्द्रकुमार गिरी लाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आगामी दिनमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने जनाएको छ । बैंकले यस अघि पनि देशमा विभिन्न् स्थानमा राहत वितरण गरिसकेको छ ।

You might also like

Comments are closed.