मुक्तिनाथ विकास बैंकले शुरु गर्यो ई–टेलर सेवा

काठमाडौं ।  मुक्तिनाथ विकास बैंक लि.ले कोभिड–१९ को महामारीको विषम परिस्थितीमा ग्राहकहरुले सुरक्षित बैंकिङ कारोबार गर्न मिल्ने गरी ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ ।

ई–टेलर मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग-इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् । यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछ । सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका हुन् ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहककोे स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले ई–टेलर सेवा सञ्चालनमा ल्याएको प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

jutta mela

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिजा कार्ड अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

You might also like

Comments are closed.