मुक्तिनाथ विकास बैंक र सुमेरु सिटी अस्पतालबीच सहकार्य

पोखरा, ११ असार । मुक्तिनाथ विकास बैंक र सुमेरु सिटी अस्पताल पुल्चोकबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख वसन्त बक्सी र अस्पतालको तर्फबाट लेखा प्रमुख बादल सिल्पाकारले हस्ताक्षर गरे ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकले सुमेरु सिटी अस्पतालमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट तथा औषधी खरिदमा ८ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, १३ वटा ए.टि.एम. र ३ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, भिसा ए.टि.एम. कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

lcci
You might also like

Comments are closed.