मुक्तिनाथ विकास बैंक १४औं वर्षमा प्रवेश, डिजिटल माध्यमद्वारा १८ शाखाको उद्घाटन,

आर्थिक आवाज
मुक्तिनाथ विकास बैंक लिमिटेड १३औं वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रम गरेको छ । बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ ।

काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, ईलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा औपचारीक रुपमा शाखा समुद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरत राज ढकालले गरेका हुन् ।

उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । समारोहमा बैंकका पूर्व सञ्चालकहरु, वर्तमान सञ्चालकहरु, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधीकारीहरुको उपस्थिति थियो ।
साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ । जसमध्ये, विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामग्रीहरु तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ता कपडा वितरण, चेपाङ संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँहरुमा डस्विन वितरण, तराईका शीतलहरबाट प्रभावित क्षेत्रहरुमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मत सम्भार, अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सीसहयोग गरेको छ ।

jutta mela

यसैगरी बैंकले वाग्मती सरसफाई, गोदावरी सरसफाइ तथा पोखरा उपत्यका सरसफाई अभियानका लागि आवश्यक पर्ने सामग्रीहरु पनि वितरण गरेको छ । यसै अन्तर्गत बैंकका क्षेत्रीय÷शाखा कार्यालयहरुले वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । बैंकले काठमाडौंको कमलादी, काभ्रेको बनेपा, धादिङको धादिङ बेशी, रुपन्देहीको बुटवल, धनुषाको जनकपुर र कास्कीको नदीपुर शाखा कार्यालयहरुमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेकाहो ।

बैंकले रक्तदान कार्यक्रमबाट कुल ४३० पोका रगत संकलन गरेको छ । बैंकले वार्षिकउत्सवको अवसरमा गरेका सामाजिक उत्तरदायित्व कार्यक्रमहरुका लागि ८ लाख रुपैयाँ बराबरको खर्च भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.