पोखरा, १९ फागुन ।
प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालको लागि म्यान्मारका राजदूत थिरी पेन्ची यु तुन नाय लिनबीच शनिबार मुख्यमन्त्रीकै निवासमा शिष्टाचार भेट भएको छ । भेटका अवसरमा मुख्यमन्त्री गुरुङले राजदूत लिनको दोस्रो पोखरा भ्रमणप्रति आभार व्यक्त गर्दै द्धिपक्षीय सम्बन्ध बिस्तारका साथै पर्यटन प्रवद्र्धनमा दुई देशबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपालले पहिलो पटक संघीयताको कार्यान्वयन गर्न लागेको यो अवसरमा दुई देशका जनताहरुबीच जनस्तरको सम्बन्ध बिस्तारको लागि मुख्यमन्त्री गुरुङ र राजदूत लिनबीच आगामी दिनमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो । भेटको क्रममा नेपाल र म्यानमारबीचको पुरानो सम्बन्धबारे पनि चर्चा भएको थियो । पोखरा भ्रमणमा आउनु भएका राजदूत लिनले शुक्रबार पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यसँग छलफल गरेका थिए ।
Comments are closed.