मुलुक भाषण नै भाषणले चलेको छ ः डिला संग्रौला

तनहुँ ८ चैत
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डिला संग्रौलाले मुलुक भाषण नै भाषणले चलेको टिप्पणी गरेकी छन् ।  शुक्रबार प्रेस युनियन तनहुँद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संग्रौलाले भाषण गरेर मात्र मुलुक समृद्ध नहुने बताएकी हुन् । सरकारले भाषणबाट ठुल्ठुला सपना बाडेँपनि मुलुक संकट, द्धन्द्ध र हिंसा तर्फ उन्मुख भएको उनको भनाई थियो । मुलुकमा भ्रष्टाचार मौलाउदै गएको, निर्मला पन्थको दाषिलाई वालुवाटर र सिंहदरवारको कुर्सीबाटै संरक्षण गरिएको उनले आरोप लगाइन् ।

jutta mela

सरकारको नक्कली राष्ट्रवादले जनतालाई झुक्काएको छ उनले भनिन् । सरकारको संविधान बिरोधीले गतिविधिले संघीयता कमजोर बनाएको उनको आरोप थियो । सरकार र सिके राउतबीच भएको ११बुदेँ सहमति प्रति आपति जनाउदै उनले पनि विखण्डनकारी र पृथकतावादी पक्षलाई सम्झौता गर्ने पक्षमा कांग्रेस नरहेको स्पष्ट पारिन् । सरकारले बिप्लव पक्ष माथि राजीनितिक प्रतिबन्ध लगाइ रहदाँ विगतको इतिहासलाई सम्झेर उनीहरुलाई पनि मूलधारमा समाहित गरेर अघि बढ्नुपर्छ र विप्लव पक्ष पनि अराजक गतिविधि त्यागी सरकारसँग सहकार्य गनुपर्छ उनले भनिन् ।

मुलुक संघीयतामा प्रवेश गरिसकेको अवस्थामा कुनै पनि नागरिकले शान्तिपुर्ण वातावरणमा बाँच्न पाउने अधिकारी हनन् गर्न नहुने उनको धारणा थियो । सरकारले सुचनाको हक कुण्ठित गरी प्रेस माथि लगाइएको नियन्त्रणको विधेयक संशोधन हुनुपर्छ उनले भनिन् ।  सरकार रवैया नफेरिए  कांग्रेस सदन देखि सडक सम्म सत्याग्रहमा उत्रने उनको चेतावनी थियो ।प्रेस युनियन तनहुँका अध्यक्ष ओमकार आचार्यको अध्यक्षमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पवन पौडेलले स्वागत गरेका थिए भने सचिव प्रताप रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.