मृगौला पीडित शुकबहादुरलाई हेल्पफुल हेण्ड्सको ५० हजार सहयोग

लायन्स क्लव अफ पोखरा हेल्पफुल हेण्ड्सले मृगौला पीडित स्याङ्जाका शुक बहादुर परियारलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बुधबार एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरिएको छ ।

लामो समयदेखि मृगौला पीडित शुक बहादुरलाई क्लबका सदस्यहरुबाट उठेको ५० हजार रुपैयाँ सहयोग गरिएको क्लबका निवर्तमान अध्यक्ष मोहन सुवेदीले जानकारी दिए ।

क्लबका अध्यक्ष तेज अधिकारीको अध्यक्षतामा एक कार्यक्रमका बीच लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका क्याबिनेट सेक्रेटरी बिनोद ढुङ्गानाले सहयोग रकम हस्तान्तरण गरे । जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने कार्यलाई हेल्पफुल हेण्सको प्रमाणित गरेको प्रमुख अतिथि ढुंगानाले बताए ।

jutta mela

उक्त अवसरमा क्लस्टर प्रमुख प्रशान्तराज धमला, जोन चियर पर्सन अमृत तिवारी लगायतको सहभागिता रहेको क्लबका सचिव कृष्ण नेपालीले जानकारी दिए ।

You might also like

Comments are closed.