मेगा र गण्डकीको साधारणसभा सम्पन्न, असार मसान्तसम्म एकीकृत कारोबार

काठमाडौं । मेगा बैंक लिमिटेड र गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैंकले बुधबार छुट्टाछुट्टै विशेष साधारणसभा सम्पन्न गरेका छन् ।

मेगाको साधारणसभाले गण्डकी विकास बैंकलाई १ः१ शेयर आदान प्रदान अनुपातमा प्राप्ती गर्ने प्रस्ताव स्वीकृत गरेको छ । गण्डकी विकास बैंकको साधारणसभाले पनि मेगाले प्राप्ती गर्ने प्रस्तावलाई स्वीकृत गरेको गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

पोखरामा प्रदान कार्यालय रहेको राष्ट्रियस्तरको गण्डकी विकास बैंकलाई मेगासँग मर्जर गर्न पाउँदा खुसी लागेको साधारणसभामा सहभागी सञ्चालक तथा सेयर सदस्यहरुले बताए । मर्जरपछि मेगा बैंक लिमिटेड नामबाटै कारोबार हुनेछ । मर्जरपछि बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।

You might also like

Comments are closed.