मोबाइलको फोटोः मौलिकता र भावना लोप नहुन्

शोभा न्यौपाने

प्रविधिको विकाससँगै कतिपय कुराहरुको मुल्याङ्कन सस्तो हुन पुगेको छ । जुन कुरा हाम्रो मानसपटलमा छापसरी बस्ने गर्थ्यो स्मरण गरेर क्यामराको रिलले खिचेको एउटा तस्विर हेरेर ।

कुनै समयमा क्यामरामा ३० बटा रिल हुने गर्थ्यो । त्यो रिल राखेपछि फोटो खिच्न दशैं तिहार वा कुनै विशेष समयको पर्खाई हुन्थ्यो । फोटो खिचेपछि रिल धुलाएर ल्याउँदा कस्तो अनुहार आयोहोला भनेर फोटो हेर्न कुर्दाको समय १ वर्ष भन्दा पनि लामो महसुस हुन्थ्यो । घरका सबैजना मिलेर तछाड मछाड गरी गरी फोटो हेरिन्थ्यो । ईष्टमित्र आउँदा एल्वममा सजाइएको फोटो हेर्न दिएर मात्र चिया पानीले आतिथ्यता गराइन्थ्यो ।

jutta mela

समय र प्रविधिसँगै बदलिएका छन् सबै कुरा मानिसका इच्छा, चाहना, दृष्टिकोण अनि सम्वन्धहरु । साथीभाइ इष्टमित्रहरु घरमा प्रवेश गरिरहँदा नमस्कार भनी प्राय सन्चो विसन्चो सोध्नुको सट्टा वाइफाइको पासवर्ड सोधिन्छ अनि गर्धन नै दुख्ने गरी घोप्टो परेर मोबाइलमा व्यस्त भइन्छ । अनुहारमा पनि नहेरी औपचारिकता निभाइन्छ सबैजना सञ्चै हुनुहुन्छ भनेर ।

मन्दिर, जन्मदिन, दशैं, तिहार लगायत हरेक विशेष परिवेशमा सेकेन्ड सेकेन्डमा क्लिक गरिन्छ तस्विरहरु । एउटै स्थान र परिवेशको फोटो यती धेरे खिचिन्छ कि कुन विशेष हो छुट्याउनै गाह्रो । अनि २÷३ महिनामा नै मेमोरी फुल भनिदिन्छ, मोबाइलले पनि कति अटोस् र त्यसमा पनि ।

घरमा कुनै सदस्यको विवाहको कुरा चलिरहदा लमीले लुकाई लुकाई ल्याएको तस्विर कस्तो असली, कस्तो प्राकृतिक, मान्छे जस्तो तस्विर पनि त्यस्तै । त्यसैले त त्यो सम्वन्ध प्रगाढ थियो फोटो जस्तै ।

आफन्तको घरमा गएर फोटो हेर्दै गर्दा लुकाएर ल्याएका आफ्ना तस्विर भेटिन्थ्यो, खुसी हुदै गाली गरिन्थ्यो । यो फोटो त यहाँ पो रहेछ । कति प्रिय थिए ती तस्विरहरु, आफन्त, इष्टमित्र, साथीभाइको मुटु अनि घरमा पनि अट्ने ।

दशैंमा मान्यजनको हातबाट टीका ग्रहण गर्दा कुन एङ्गलबाट फोटो राम्रो आउँछ भन्नेतर्फ ध्यान जान थालेको छ भने आर्शिवाद के पायौं र त्यसले जीवनमा कति सकारात्मक उर्जा थपिएको छ भन्ने चाही थाहा हुँदैन । शुभ मुहुर्त छुटको पनि पत्तो छैन । टीका लगाउदा लगाउदै फोटो खिच्न हतार ।

कार्यक्रममा गयो शुरुदेखि अन्त्यसम्मको तस्विर लिदा कार्यक्रमको उद्देश्यमा नपुगी मोबाइलको फोटो हेर्न व्यस्त । मन्दिरमा पूजा गर्दै छ फोटो पनि खिच्दै छ क्यामरा तिर हेर्दै । भगवानको चरणमा शिर राख्दा मनमा उत्पन्न हुने तरङ्ग सकारात्मक उर्जा बनेर शरिर भरी दौड्न नपाउदै खिचिन्छ सेल्फी ।

अब त सुत्दा, खादा, नाच्दा कस्तो देखिन्छु भन्ने आफ्नो मात्र प्रतिविम्वको खोजी हुन थालेको छ । दायाँ बायाँ र वरिपरीको परिभेषको पत्तो नै हुँदैन । नयाँ नयाँ प्रविधिको यति धेरै पनि प्रयोग नहोस जसले मौलिकतासँगै मानिसका भावना पनि लोप नहुन् ।

You might also like

Comments are closed.