मुक्तिनाथको मोबाइल बैंकिङ अभियान, पहिलोपटक ‘टप–अप’ गर्दा २०% ‘क्यासब्याक’

आर्थिक आवाज
पोखरा । मुक्तिनाथ विकास बैंकले मोबाइल बैंकिङ अभियान सञ्चालनमा ल्याएको छ । नेपालको बैंकिङ प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहितकारोवारलाई प्रोत्साहन गर्नको लागि यो अभियान सञ्चालन गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

यस अभियानमा हालसम्म बैंकको मोबाइल बैंकिङ मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले एनटिसी, एनसेल, स्मार्ट सेल मोबाइलमा टप–अप गर्दा पहिलो पटक टप–अप गरेको रकमको २० प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् ।

यो अभियान २०७६ मंसिर १५ गतेदेखि लागु भई २०७६ फागुन १४ गतेसम्म सञ्चालन हुने गुरुङले जानकारी दिए । हालसम्म मुक्तिनाथबाट मोबाइल बैंकिङ नलिएका वा लिएर पनि कारोबार नगरेका ग्राहकहरुले यो फाइदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोबाइल रिर्चाज कार्ड किन्ने झन्झटबाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिन सक्ने गुरुङले बताए ।

You might also like

Comments are closed.