मौद्रिक नीति राम्रो छ, कार्यान्वयन कसरी हुन्छ हेर्न बाँकी छः ढकाल

गोविन्द ढकाल
प्रमुख कार्यकारी अधिकृत, गरिमा विकास बैंक

नेपाल राष्ट्रबैंकले शुक्रबार सार्वजनिक गरेको आ.व. २०७७÷७८को मौद्रिक नीतिका सन्दर्भमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा डेभलपमेन्ट बैंकर एसोसिएसन नेपालका अध्यक्ष गोविन्द ढकालको प्रतिक्रियाः

कोभिड–१९ को महामारीले प्रभावित भएका व्यवसायीको सम्बोधन हुने गरी मौद्रिक नीति आएको छ । सहुलियत पुनःकर्जा मेचीदेखि महाकाली सम्मकाले पाउनुपर्छ भन्ने छ । अहिले काठमाडौं उपत्यका तथा पहुचवालाले मात्र पाए भन्ने गरेको पनि पाइन्छ ।

कमर्सियल बैंकका प्रत्येक शाखाबाट १० जनालाई र विकास बैंकका प्रत्येक शाखाबाट ५ जनालाई सहुलियत कर्जा लगानी गर्नुपर्ने व्यवस्था छ । भोलिका दिनमा तरलताको समस्या नहोस् भनेर पनि मौद्रिक नीति संवेदनशील भएको देखिन्छ ।

jutta mela

कोभिड प्रभावितलाई पुनःकर्जाको लागि ३ वर्गमा बाडिएको छ । अति प्रभावित, प्रभावित र कम प्रभावितमा वर्गीकरण गरी लगानी गर्नु राम्रो हो । अवस्था हेरेर ३ देखि ५ प्रतिशतसम्म पुनःकर्जा दिने कुरा आएको छ जसले व्यवसायीलाई राहत हुनेछ ।

चैत मसान्तको हिसावमा वर्किङ क्यापिटलको आधारमा बैंक तथा वित्तीय संस्थाले २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन् भन्ने कुरा छ । चालु पुँजीको अभावमा सञ्चालनमा आउन नसक्ने जुन व्यवसाय छन् तिनीहरुलाई यसले सहज बनाउनेछ र व्यवसाय संचालनको वातावरण बन्नेछ ।

बैंक तथा वित्तीय संस्थाको लागि भने आम्दानीको स्रोतहरु खुम्च्याइएको छ । यसले बैंक तथा वित्तीय संस्थाको आम्दानीमा प्रभाव पार्ने देखिन्छ ।

समग्र रुपमा हेर्दा मौद्रिक नीतिलाई राम्रो नै मान्नुपर्छ । विग मर्जरको कुरा आएको छ । गत वर्ष दिइएको सुविधामा थप सुविधा ल्याएको छ । अहिले परेको समस्यालाई पुनःउत्थान गर्ने गरी मौद्रिक नीति आएको छ । कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।

You might also like

Comments are closed.