यस्तो छ रुपा गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट (पूर्ण पाठ)

आदरणीय गाउँसभाका सदस्य ज्यू, आमन्त्रित महानुभाव, कर्मचारी एवं पत्रकार मित्रहरु एबंम् सम्पुर्ण उपस्थित मित्रहरु,

नेपालको संविधानले ब्यबस्था गरे  अनुसार घर गाउँको सकारको रुपमा स्थापित रुपा गाँउपालिकाको तेस्रो वर्षको (सातौं) नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउदाँ  अत्यन्त उत्साहित महसुस गरेको छु । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएका विभिन्न आन्दोलन तथा संघर्षहरुमा आफ्नो ज्यानको आहुति गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति यस अवसरमा हार्दिक सम्मान प्रकट गर्न चहान्छु । तिनै संघर्षको उपजको रुपमा आज देशमा स्थानीय सरकारको रुपमा हामीले यहाँहरुको मर्म र भावनालाई यथार्थमा परिवर्तन गर्ने अवसर प्राप्त गरेको पनि पुनः स्मरण गर्न चाहान्छु । नेपालको संविधानले निर्दिष्ट गरे अनुरुप बनेको कानुन अनुसार रुपा गाउँपालिकाले सेवा प्रवाह गर्दे जनताको प्रत्यक्ष सहभागीतामा रुपाको विकासको लागि अगाडी बढिरहेको यहाँहरुलाई अबगत नै छ ।

रुपा गाउँपालिकाको समृद्धि र विकास गर्न नागरीक अधिकार, सबैलाई समान अबसर, सबैको सम्मान सहितको स्तम्भमा आबद्ध गराउँदै सबल र समृद्ध रुपा गाउँपालिका निर्माण गरी “रुपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान” भन्ने मूल नाराका साथ गाउँपालिकाको सबै क्षेत्रहरुमा समान तबरले अगाडी बढाउने गरि कार्य सम्पादन गर्दे आइरहेका छौं । हालसम्म ७० कि.मी बाटो पिच ८० प्रतिशत घरमा एक घर एक धारा, शिक्षा, स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, पर्यटन लैंगिक समानता लगायतका क्षेत्रहरुको समग्र विकास द्रुत गतिमा अगाडी बढेको समयमा कोभिड १९ कोरोना भाइरस रोगको कारणले प्रभाब परेको यो अबस्थामा रुपा गाउँपालिकाको तर्फबाट कोभिड १९ को रोकथामको लागि रुपाका जनताहरुलाई संक्रमणबाट जोगाउन २४ सै घण्टा स्वास्थ्य चौकीबाट सेवा प्रवाह निशुल्क एम्बुलेन्स सेवा, घर घरमा औषधी वितरण, सबै घरघरमा स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य परिक्षण डाक्टर सेवा, क्वारेन्टाइन निर्माण, सञ्चालन र व्यबस्थापन, आइसोलेसन निर्माण लगायतका कार्यक्रमहरु संचालन गरिएको र अन्य तयारीहरु समेत गरिएको जानकारी गराउँछु । साथै यो महामारीको विषम परिस्थितीमा अग्रपंक्तिमा खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधी राजनैतिक दल, संघ संस्था लगायत सबैमा धन्यबाद दिन चाहन्छु । र आगामी दिनमा रोग विरुद्ध लड्न अझ प्रभाबकारी नीति लिइने जानकारी गराउँदछु । साथै आगामी दिनहरुमा यसले पारेको प्रभावलाई न्यूनीकरण गर्दे दिगो विकासको लक्ष्य हासिल गर्ने गरी रुपाको विकासलाई अगाडी बढाउने नीति लिइनेछ ।

 

आदरणिय गाँउ सभा सदस्य ज्यूहरु

रुपाको संमृद्धिको आधार वर्षको रुपमा यस वर्ष उत्पादनमूलक र लगानी मैत्री वातावरण सिर्जना गर्न प्रयाप्त ध्यान दिदै कृषि वर्षको रुपमा मनाउने र पर्याप्त स्वरोजगार सिर्जना गर्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको छ । जनताको आयस्रोत बृद्धिका लागि कृषि, पशु, खाद्य सुरक्षा,स्वच्छ खानेपानी, स्वास्थ्य, ,शिक्षा, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानी आवश्यक बजेट विनियोजन गर्ने निति लिइएको छ  ।

श्रम तथा युवा रोजगार  ः–

कोभिड १९ कोरोना भाइरसको कारण धेरै युवाहरुको देश तथा विदेशमा रोजगारी गुमेको छ । यो विषम परिस्थितीमा यूवाहरुलाई रुपा भित्रै विभिन्न विधामा रोजगारी दिलाउनको लागि गाउँपालिकाको तर्फबाट यूवा तथा स्वरोजगार कोषको स्थापना गरी पूँजी नभएका व्यबसायीहरुलाई न्यूनतम व्याजदरमा ऋण दिने नीति लिइने छ ।

यस वर्ष बैदेशीक रोजगारबाट फर्केका युवाहरुलाई पुन बैदेशीक रोजगारीमा जानका लागि निरुत्साहित गर्नका लागि पर्याप्त रोजगारी सिर्जनाका कार्यक्रम अगाडी सारिनेछ ।

यूवाहरुलाई जनसुकै व्यबसाय गर्दा पनि पहिले तालिमको अनिवार्य रुपमा व्यबस्था गरिनेछ । साथै बैंक तथा वित्तिय संस्थाहरु संग समन्वय गरी पूँजी नभएका यूवाहरुलाई सहुलियत ऋण गाउँपालिकाको तर्फबाट अनुदानको व्यबस्था गरिनेछ ।

 

कृषि ः–

आधुनिकीकरण, व्यबसाय र रोजगारीमा ब्यापकता सबै जनता (घरको) व्यबसायीक कृषि पशुमा सहभागीता भन्ने मुल नाराका साथ यस बर्षलाई कृषि बर्षको रुपमा मनाइने छ ।

युवा तथा स्वरोजगार कोष मार्फत व्यबसायीक कृषी पेशा गर्न चाहने तर पूँजीको अभाब भएका पेशा गर्न चाहने यूवाको लागि सस्तो व्याजमा रकमको व्यबस्था गरिने छ ।

उत्पादित बस्तु खेर नजाओस तथा बजारीकरणलाई सहज बनाउन कृषी एम्बुलेन्सको व्यबस्था गरि निशुल्क रुपमा कृषि एम्बुलेन्स मार्फत किसानको उत्पादित कृषि उपज गाउँबाट बजारसम्म पु¥याइनेछ ।

किसानलाई उत्पादित बस्तु बजार सम्म लैजानका लागि समस्या नपरोस भन्ने उद्येश्यले र नयाँ किसानलाई प्रोत्साहन गर्नको लागि उत्पादनमा आधारीत अनुदानको व्यबस्था गरिने छ ।

किसानलाई फलफुल तथा तरकारीको विरुवा सहज रुपमा पाउन र उत्पादन गर्नको लागि समस्या भएकाले एक वडा एक नर्सरी स्थापना कार्यक्रम लागु गरिनेछ ।

आधुनिक तबरले खेती गर्नको लागि जग्गा चक्लाबन्दी गरि नयाँ प्रबिधीका भौगोलिक बनावट अनुसारको हाते ट्याक्टर, थ्रेसर मकै छोडाउने मेशिन लगायतका यान्त्रीकिकरणलाई विशेष जोड दिइनेछ ।

किसानको उत्पादनलाई एकिकृत गरि बजारिकरण गर्नको लागि प्रत्यक्ष वडामा कृषि उपज संकलन केन्द्र स्थापना गरिनेछ ।

व्यक्तिगत तथा समुहमा खेती गरि सामुहिक व्यबस्थापन गराई मल विउ घाँसको व्यबस्थापन गरि किसानलाई व्यबसायीक बनाउनको लागि जनचेतनामूलक कार्यक्रम तथा सबै कार्यक्रमहरुमा तालिमको व्यबस्था अनिवार्य गराईनेछ ।

साना किसानलाई उत्पादनमा जोड दिई एक घर एक करेसाबारी निर्माणको नीतिलिइनेछ ।

रुपा गाउँपालिका भित्र रहेका बाँझो जग्गालाई ब्यवस्थापन गर्न भूमि बैंक मार्फत् जग्गा ब्यवस्थापन गरी लिजमा लिने ब्यवस्था मिलाईएको छ । जग्गा चक्लाबन्दी गर्नको लागि ५०% अनुदानको ब्यवस्था मिलाईनेछ । चक्लाबन्दी गरेको जग्गामा अनिवार्य ब्यवसायिक खेती गर्नुपर्र्ने कार्यलाई निरन्तरता दिइएको छ ।

एक टोल एक कृषक समूह गठन गरिने छ । जसले गर्दा किसानलाई समूहमा खेती गर्न उत्प्रेरित गर्ने छ ।

पशु ः–

पुँजीको अभाबमा व्यबसाय गर्न चाहने युवालाई युवा तथा स्वरोजगार कोष मार्फत सस्तो व्याज दरमा ऋण उपलब्ध गराई स्वरोजगार बनाइने छ ।

किसानलाई व्यबसायीक पशुपालन प्रेरित गर्नको लागि एक टोल एक कृषक समूह गठन गरी व्यबसायलाई व्यापकता लिने नीति लिइएको छ ।

अत्यन्त न्यून रुपमा रहेको उन्नत जातको पशुपालन व्यबसायलाई न्यूनतम १० प्रतिशत बनाउन कृत्रिम गर्भाधारणमा शतप्रतिशत अनुदान उपलब्ध गराइनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुसंग समन्वय गरी किसानहरुलाई सहुलियत दरमा ऋण प्रबाह गर्नको लागि आबश्यक समन्वय गरी व्यबसायीक पशुपालन र कृषिमा प्रोत्साहन गरिनेछ ।

कृषि र पशुपालन गर्ने किसानलाई समस्या नपरोस भन्ने उद्येश्यले घर घरमा कृषि प्राविधीकको उद्येश्य पु¥याउन मोबाइल मोटरसाईकल सेवा प्रबाह गरिनेछ । जसले गर्दा जुन किसानहरु समस्यामा परेको छ तत्काल किसानले कृषि प्राविधिक सेवा प्राप्त गर्नेछन् ।

अव्यबस्थित रुपमा मासुजन्य कटाईलाई व्यबस्थित गर्नको लागि गाउँपालिका भित्रका सबै वडामा एक एक वटा बधशाला निर्माण गर्ने नीति लिइएको छ ।

पर्यटन ः–

रुपा गाउँपालिका भित्र पर्यटनको गन्तब्य बनाउनको लागि यहाँको भौगोलिक, धार्मीक, सांस्कृतिक रुपमा रहेको रुपाको सम्पत्तिलाई अधिकतम रुपमा प्रयोग गरी पर्यटनको विकास गर्न सबै डाँडाहरु जोडेर बहुउद्येश्यीय पदमार्ग सहित शान्ती पार्क निर्माणको बृहत कार्य काम अगाडि बढाइने छ ।

यस गाउँपालिकाको पौराणीक रुपमा रहेको मठ, मन्दिर, मस्जीद, गुम्बाको संरक्षण गर्दे एक वडा तिन चौतारी निर्माण कार्यक्रम गरिनेछ । जसले गर्दा बर पिपलको संरक्षणमा पनी योगदान पुग्नेछ ।

आन्तरीक तथा बाह्य पर्यटनलाई लक्षीत गरि विभिन्न वडाहरुमा होमस्टे संचालनमा आइरहेको छ  भने बाँकी रहेका स्थानहरुमा व्यबस्थित होमस्टे सञ्चालन र प्रवद्र्धन गरिनेछ ।

पर्यटनको सम्भावना बोकेको यस गाउँपालिकाभित्र विभिन्न वडा तथा स्थानहरुमा भ्यू टावर सम्पन्न भै संचालनमा आएको छ भने बाँकी स्थानहरुमा भ्यू टावरहरुको निर्माण यस वर्ष सम्पन्न गरी संचालनमा ल्याइनेछ । साथै कृषि, वन,पर्यटनलाई समेत प्रबद्र्धन गर्ने नीति लिइएको छ ।

वन ः–

“सामुदायीक वन जनताको आर्थिक समृद्धिको योगदान” भन्ने मुल नाराका साथ यहाँ भएको काठ, दाउरा, जडीबुटी लगायतका बस्तुको अधिकतम प्रयोग तथा वनको दिगो व्यबस्थापन गरी जनताको आयस्तर बढाउनको लागि वन सम्बन्धी सबैको साझा लगानीमा प्रशोधन उद्योगको रुपमा स्थापना गरी यूवाहरुलाई रोजगारीमा जोडीनेछ ।

वन संरक्षण र प्रबद्र्धन गर्दे व्यबस्थीत वन सौन्दर्यकरण गरी वन्यजन्तु व्यबस्थापन संगै वन पर्यटनलाई प्रबद्र्धन  गरिनेछ । साथै एक सामुदायिक वनलाई नमूना  वन नर्सरी  उत्पादन गर्न लगाइनेछ । साथै डढेलो नियन्त्रण तथा औजार खरीद गरिनेछ ।

खानेपानी ः–

रुपा गाउँपालिका भित्र ८० प्रतिशत घरमा  एक घर एक धारा सम्पन्न भएको छ । बाँकी स्थानमा योजनाको संचालन भैरहेको छ । यस वर्ष सबै स्थानमा स्वच्छ र सफा पानी बनाउनको लागि खानेपानी मुल संरक्षणको नीति लिइनेछ ।

स्वास्थ्य ः–

कोभिड १९ कोरोना भाइरसका कारण विश्वमा नै प्रभाव पारेको यो अवस्थामा रुपाबासी जनतालाई सुरक्षीत बनाउनको लागि कुनै पनी कसुर बाँकी नराखी रोगको रोकथाम, उपचार सहयोगको लागि रकम व्यबस्थापन गर्ने नीति लिइएको छ । स्वास्थ्यकर्मी लगायतको सुरक्षामा विशेष सतर्कता अपनाउने नीति लिइएको छ ।

विपद व्यबस्थापन कोष खडा गरी खाद्य सुरक्षा र स्वास्थ्य व्यबस्थापन गर्ने नीति लिइने छ ।

रुपाका जनताको स्वास्थ्यमा पहँुच होस भन्ने हेतुले सबै वडामा स्वास्थ्य चौकी स्थापना गर्ने नीति लिइनेछ ।

स्वास्थ्य चौकी नभएका वडा नं.२ र ३ मा वडा नं. ६ र ७ को विचमा रहेको तालबेशीमा स्वास्थ्य चौकी स्थापना गरिनेछ । रुपा गाउँपालिकाको वडा नं. १ को स्यास्त्रीमा आधारभूत स्वास्थ्य सेवा सुचारु गरिनेछ ।

यस वर्ष बजारसम्म विरामी लैजाने बाध्यात्मक परिस्थीतिलाई कम गर्ने र स्वास्थ्य सेवामा जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नको लागि अस्पताल निर्माण प्रक्रिया अगाडी बढाइनेछ । जसका लागि आबश्यक पर्ने भौतिक पूर्वाधारको लागि चमेना गृह, फार्मेसी, एम्बुलेन्स, ल्याब व्यबस्थापन गर्ने नीति लिइनेछ ।

शिक्षा ः–

रुपा गाउँपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्ने नीति लिइएको छ । जसको लागि यसै बर्ष “एक्काइसौं शताब्दीको शिक्षाको आधार प्रविधिपूर्ण शिक्षको उपहार” का लागि लागत साझेदारीमा एक शिक्षक एक ल्यापटप उपलब्ध गराइनेछ साथै विद्यालयहरुमा  इन्टरनेटको पहुँच विस्तार गरिनेछ ।

तालिम प्राप्त शैक्षिक जनशक्ति उपलब्धीपूर्ण नतिजाको प्राप्तीका लागि तालिम कार्यशाला सञ्चालन गरिनेछ । स्थानीय विषयबस्तुको पहिचानका लागि स्थानीय पाठ्यक्रमको विकास गरिनेछ ।

हालको विषम परिस्थितीमा शैक्षिक गतिविधी सञ्चालन गर्न बैकल्पिक विधिलाई अबलम्बन गरिने छ । स्वास्थ्य र सक्षमताका लागि खेलकुद विकासका लागि कार्यक्रम तय गरिनेछ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बालविकास सहजकर्ता कक्षा शिक्षक तथा प्र.अ. प्रोत्साहन अंग्रेजी माध्ययमको पाठ्यपुस्तक शैक्षिक क्लालेण्डर शिक्षक डायरी पोशाक लगायतका कार्यलाई निरन्तरता दिइएको छ ।

दक्ष जनशक्ति नै रुपाको विकासको मुल आधार हो, तसर्थ प्रदेश स्तरीय प्राविधीक शिक्षाको लागि रुपा गाउँपालिका भित्रका ३ वटै विद्यालयका शिक्षालाई मर्ज गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति लिइएकोछ ।

पूर्वाधार विकास ः–

नयाँ बाटो र ट्रयाक नखोल्ने नीतिलाई निरन्तरता दिइएको छ । यस वर्ष गाउँपालिकाको वडा कार्यालय सम्म पिच बाटो पु¥याउनको लागि प्रदेश सरकारसंग समन्वय गरी समपूरक कोषबाट साझेदारीमा काम गर्ने नीतिलिइनेछ ।

रुपा गाँउपालिकाका रणनीतिक महत्वका मुख्य सडकहरु मध्ये शिशुवा पोल्याङटार सडक खण्डमा हाल पिच गर्ने कार्य चलिरहेको छ ।

रुपाकोट थुम्की सडक खण्ड पिच गर्ने कार्य सम्पन्न भै सकेको छ भने, वेगनास भोर्लेटार सडक खण्ड पिच गर्ने कार्य शुरु भै सकेको छ ।

रुपा रिङरोड, हाङगे वाङगे , शिवचण्डी मोटरबाटो केन्द्र र प्रदेशको योजनामा समावेश गरी स्तरोन्नती तथा पिचको काम अगाडि बढेको छ ।

रुपा गाँउपालिकाको केन्द्र फालभञ्जाङ जोड्ने रामकोट रामदी स्तरोन्नति गरी ५.१ कि.मी.अस्पाल पिच गर्नको लागि द्रुत गतिमा काम अगाडी बढेको छ ।

फालभञ्ज्याङ्ग चिसापानी मो.बा.द्रुत गतिमा पिच गर्ने कार्य अगाडी बढिरहेको छ ।

गाउँपालिका स्तरीय प्याराफिट सहितको स्टेडियम द्रुत गतिमा निर्माण कार्य अगाडी बढिरहेको छ साथै यसै वर्ष सम्पन्न गर्ने नीति लिइएको छ ।

गाउँपालिका भित्रका सबै वडामा खेल मैदान बनाउने कार्यक्रमलाई निरन्तारता दिइनेछ ।

साथै विकास निर्माणको कामको लागि गुणस्तरीयता कायम गर्नको लागि अधिकतम पहल गर्ने नीति लिइने छ ।

सामाजिक विकास

महिला तथा बालबालिकाको आय आर्जन, क्षमता विकासका लागि उपाध्यक्षसंग महिला कार्यक्रम सञ्चालन गरिने छ ।

दलित समुदायको परम्परागत पेशालाई संरक्षण र आय आर्जनमा उक्त पेशाको प्रयोगका निमित्त आधुनिकीकरण गर्नका लागि आवश्यक तालिम तथा कार्यक्रम राखिनेछ । साथै दलित,जनजाति, अल्पसंख्यक वर्ग कुमाल, बोटे जलारी, मुश्लिम, अपाङ्ग,सहिद परिवारको आय आर्जन अभिवृद्धि गर्ने उदेश्यले लागत सहभागितामा आधारित ब्यवसायीकरण अनुदान तथा तालिमको ब्यवस्था मिलाईनेछ ।

अपाङ्गहरुको आय आर्जन लक्षित गरी गाउँपालिका र गैरसरकारी संस्थाको समन्वयमा विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गर्ने प्रवन्ध गरिनेछ ।

रुपा गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरु  गाउँपालिकाका सम्पत्ति भएकाले उनीहरुको पारिवारीक दायित्व बोध गराउनको लागि पारिवारिक मिलान सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।

रुपा गाउँपालिका भित्रका ३ स्थानहरुमा (वडा नं. ४, ५ र २ मा) बहुउद्देश्यीय जेष्ठ नागरिक दिवा मनोरञ्जन घर निर्माण सम्पन्न गरिने छ ।

वातावरण तथा विपद् ब्यवस्थापन

विपद्का दृष्टिले जोखिम क्षेत्रको पहिचान गरी आबश्यक बजेट तथा जनशक्ति व्यबस्थापन गरी विपद् बाट हुने क्षति न्यूनीकरण गरिनेछ

गाउँपालिकामा विपद् व्यबस्थापन कोष खडा भई सञ्चालनमा आइसकेको छ । विपद्को बेला खोज, उद्धार, राहत र पुनस्थापना गर्न विपद व्यबस्थापन कोषमा रकम थप गरी विपद् पछिको उद्धार, राहत र पुर्नलाभमा खर्च गरिनेछ । साथै विपद् व्यवस्थापन तथा उद्धारका लागि हरेक वडामा तालिम संचालन गरिनेछ ।

विकास निर्माणका काम गर्दा वातावरणमैत्री विकास गर्न जोड दिइने छ । जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गरिने छ ।

वातावरण मैत्री स्थानीय शासनका मुलभूत मान्यतालाई आत्मसाथ गरिने छ । भु संरक्षण र जलाधार संरक्षणमा जोड दिइने छ ।

बाढी पहिरो नियन्त्रणको लागि लागत सहभागितामा आधारित भई तारजालिको वितरण गरिनेछ ।

सामुदायिक वनको संस्थागत विकासमा आवश्यक काम गरिनेछ ।

 

सुशासन ,संस्थागत विकास, सेवा प्रवाह र विविध

रुपा  गाउँपालिकामा आगामी वर्ष सबै वडाहरुमा डिजिटल वडापत्रको व्यबस्था गरिनेछ ।

सार्वजनिक सेवा प्रवाह र शुसासन नतिजामूलक व्यबस्थापनको  नीतिलाई अबलम्बन गरी सेवा प्रबाहलाई नागरीक र विकासमैत्री बनाईनेछ ।

सार्वजनीक सेवालाई पारदर्शी, जवाफदेही, उत्तदायी र नागरीकमैत्री बनाइनेछ । गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधाको गुणस्तर सुनिश्चित गरिनेछ । सुशासनका लागि सार्वजनिक सेवा प्रवाहलाई सरलिकृत गरिनेछ ।

गाउँपालिकाको नियमित सार्वजनिक सुनुवाई र सामाजिक लेखा परिक्षणका कार्यक्रम संचालन गरिनेछ ।

स्थानीय तहको बजेट तर्जुमा, खर्चको लेखाङ्कन र एकीकृत प्रतिवेदन गर्ने प्रयोजनका लागि  क्गत्च्ब् लागु गरी लेखाङ्कन व्यबस्थित गरिने छ ।

सार्वजनिक सेवालाई विद्युतीय प्रणाली मार्फत संचालन गर्न जोड दिइनेछ ।

जनताले पाउने न्याय सम्बन्धी सेवा पाउनकालागि न्यायीक पद्धतीलाई प्रभावकारी बनाइने छ । साथै हरेक वडाहरुमा मेलमिलाप कर्ता साथै मेलमिलाप केन्द्रहरुको स्थापना गरिने छ ।

स्रोत साधनका अबैध र अत्याधिक दोहनको नियन्त्रण र ब्यवस्थापन गर्न उपर्युक्त नीति बनाई व्यवस्थित गरिनेछ ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै जनप्रतिनिधी र कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गरिनेछ ।

विकास योजना तथा सेवा प्रवाहको कार्यान्वयन पक्षलाई प्रभावकारी, नतिजामुखी, गुणस्तरीय, जवाफदेही बनाउन अनुगमन र मूल्याङ्कन प्रणाली थप प्रभावकारी बनाइने छ ।

डिजिटल भिलेज प्रोफाइललाई पूर्णता दिई सो को तत्थ्याङ्कका आधारमा लक्षित बर्गका कार्यक्रम संचालन गरिनेछ ।

अन्त्यमा,

अहिलेको कोभिड १९ कोरोना भाइरस बाट उत्पन्न यस विषम परिस्थितीमा अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, कर्मचारी, राजनैतिक दल, संघ संस्था लगायत सबैमा पुन ः धन्यबाद दिन चाहन्छु ।

समृद्ध रुपा बनाउनको लागि शुर्सासन पारर्दशिता जवाफदेहिता र विकासका निमित्त अन्य योजना समाबेश गर्दे “ समृद्ध नेपाल सुखी नेपाली ” बनाउन सबै क्षेत्रमा विकास गर्नको लागि सबै पक्षलाई समेटी प्रदेशको नीतिअनुसारको “समृद्ध प्रदेश र सुखी नागरीक” को उद्देश्य पूरा गर्न प्रदेश तथा केन्द्रको समन्वयमा स्मार्ट रुपाको विकास गरिने विश्वास दिलाउँदै नीति तथा कार्यक्रम बनाउनका लागि सहयोग गर्नुहुने जनप्रतिनिधी कर्मचारी, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि तथा रुपाबासी जनसमुदाय सबैलाई धन्यबाद ज्ञापन गर्दछु ।

धन्यबाद ।

अध्यक्ष

(नवराज ओझा)

रुपा गाउँपालिका कास्की ।

 

You might also like

Comments are closed.