यस्तो बन्दैछ पोखरामा ‘फिस्टेल ड्रिम फन पार्क’ (भिडियोसहित)

सुरेन्द्र पौडेल
पोखरा । नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न फनपार्क बन्दैछ । पोखरा १७ सीतापाइलामा ‘फिस्टेल ड्रिम फन पार्क’ निर्माणको काम भइरहेको छ । फनपार्क निर्माणको ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको मार्केटिङ डाइरेक्टर हिराबहादुर केसीले जानकारी दिए ।

६५ रोपनी जग्गामा निर्माण भइरहेको पार्कमा ४० करोड रुपैयाँ हुँदैछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र लकडाउनका कारण निर्माणमा केही ढिला भएपनि आगामी फागुन चैत भित्र पार्क सञ्चालनमा आउने केसीले आर्थिक आवाजलाई जानकारी दिए ।

पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरु तयार पारिदैछ । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिने केसीले जानकारी दिए । सुविधा सम्पन्न रेष्टुरेन्ट पनि बनाइने बताइएको छ ।

  • ‘यहाँ आएका पर्यटकले पार्कमा एक, दुई दिन सजिलै कटाउन सक्छन् । पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्नेछ ।’

पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पार्क सञ्चालनमा ल्याउन लागिएको अपरेसन इन्चार्ज मदनकुमार श्रेष्ठले जानकारी दिए । भारत र चीनबाट सामानहरु आयात गरी पार्क निर्माणको काम धमाधम भइरहेको श्रेष्ठले बताए । ‘लकडाउनका कारण केही सामानहरु आउन ढिला भएको छ,’ उनले भने, ‘अब छिट्टै निर्माणको काम सम्पन्न गर्नेछौं ।’

पोखरामा पर्यटकीय गतिविधि बढाउन पार्कले महत्वपूर्ण योगदान पु¥याउने श्रेष्ठले विश्वास व्यक्त गरे । ‘यहाँ आएका पर्यटकले पार्कमा एक, दुई दिन सजिलै कटाउन सक्छन्,’ उनले भने, ‘पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्नेछ ।’

विभिन्न पेशा व्यवसायमा आवद्ध १५ जना व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् । पार्क सञ्चालनमा आएपछि २ सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने केसीले जानकारी दिए । ‘नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश गर्ने तयारी भइरहेको छ,’ केसीले भने, ‘यो पार्कलाई नेपालकै नमूना प्रोजेक्टमा रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो ।’

यसरी बन्दैछ पोखरामा ‘फिस्टेल ड्रिम फन पार्क’

पोखरा १७ सीतापाइलामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न फनपार्क । ६५ रोपनी जग्गामा निर्माण भइरहेको पार्कको ७५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

Gepostet von Arthik Awaj am Samstag, 18. Juli 2020

 

You might also like

Comments are closed.