यातायात मजदुरलाई लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपाल , क्लस्टर २४ को २ लाख बराबरको सहयोग

पोखरा ।

लायन्स क्लब्स अन्तरास्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गत क्लस्टर २४ ले एक कार्यक्रम आयोजना गरि यातायात क्षेत्रका सय मजदुर परिवारलाई आइतबार पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा २ लाख बराबरको राहत वितरण गरेको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण जोखिमका कारण मुलुकभर लामो समय लकडाउन भएपछि पोखरामा रहेर लामो दुरिको यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुलाई समस्या भएकोले भौतिक दुरी कायम गरी राहत वितरण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि पुर्व डिष्ट्रिक्ट गभर्नर तथा लायन्स मेगाजिन चिफ इडिटर धनराज आचार्यले डिष्ट्रिक्टको तर्फबाट स्वास्थकर्मीको लागि १ करोड बराबरको पिपिई र ४८ लाखको परिक्षण किट नेपाल सरकारलाई प्रदान गर्न लागेको बताए । सम्पुर्ण लायन लिडरहरुका तर्फबाट डिष्ट्रिक्ट सेक्रेटरी विनोद ढुंगानाले यो क्लस्टरले अहिलेको परिस्थिति अनुसार सामाजिक सेवा गरेको बताए । क्लस्टर २४ प्रमुख शिवराज आचार्यले जहाँ आवश्यकता त्यहाँ लायन भन्ने उदेश्यका साथ यातायात मजदुरहरुको समस्या थाहा भएको २४ घण्टा भित्र राजनीति, जाति, धर्म, वर्ग र सम्प्रदाय भन्दामाथि उठेर राहत वितरण गरिएको जानकारी दिए । कार्यक्रम संयोजक ठाकुरप्रसाद अधिकारीले पनि वोलेका थिए ।

jutta mela

पिएमसिसी ला दीपक श्रेष्ठ , पुर्व सांसद चुडामणि जंगली , पिआरओ इन चिफ रामचन्द्र पोख्रेल , कोचिफ एडभाइजरहरु ला राजेन्द्र बाटाजु , राम बस्याल ,पढाऔँ अभियान प्रमुख ला चण्डी प्रसाद अर्याल , सिनियर लायन लिडरहरु , रिजन चियर पर्शनहरु , जोन चियर पर्शनहरु , नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट) गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री , नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णु खत्री , पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिका योगेन्द्र केसीको विशेष उपस्थितिमा भएको कार्यक्रममा सय जनाको परिवारलाई १ बोरा चामल , दाल , नुन ,तेल प्रदान गरिएको थियो । सोही कार्यक्रममा क्लबको स्थापना दिवसको अवसरमा लायन्स क्लब अफ पोखरा राइजिङ स्टारका अध्यक्ष लोकनाथ पौडेल र निर्वाचित अध्यक्ष चोक बहादुर गुरुङले क्ल्बको तर्फबाट मजदुरहरुलाई ५ सय थान सर्जिकल मास्क, ५ लिटर स्यानिटाइजर हस्तान्तरण गरेका थिए ।
कार्यक्रम क्लस्टर २४ का प्रमुख ला शिवराज आचार्यको अध्यक्षता र आचार्यकै संचालनमा भएको थियो ।

You might also like

Comments are closed.