यातायात महासंघमा नयाँ नेतृत्व, उपाध्यक्षमा पृथ्वीका साई विजयी, अध्यक्षमा कर्माचार्य र महासचिवमा सिटौला

पोखरा, २० माघ । अग्रज यातायात व्यवसायी ऐनकुमार साई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा विजयी भएका छन् । माघ १७ देखि १९ गतेसम्म चितवनमा भएको पाँचौं महाधिवेशनबाट अत्याधिक मतसहित उनी उपाध्यक्षमा विजयी भएका हुन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिको तीन कार्यकालसम्म सफल नेतृत्व गरेका उनले महासंघलाई पनि नमुना बनाउने प्रतिबद्धता सहित उम्मेवारी दिएका थिए । व्यवसायीहरुको मायाबाट आफू विजयी भएको बताउँदै उनले महासंघमा रहेर सफल नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।

यसैबीच महासंघको अध्यक्षमा ९८७ मत सहित योगेन्द्रराज कर्माचार्य विजयी भएका छन् । प्रतिस्पर्धी डोलराज खनालले ७०८ मत पाए । ३ जना वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर १०५६ मत र हरिशरण केसी ९३७ मत र दीपक अधिकारी ८३७ मत सहित विजयी भए । प्रतिस्पर्धी भरत तिमिल्सिनाको ७५७ मत आएको थियो । महासचिवमा पुण्यप्रसाद सिटौला सरोज विजयी भएका छन् । उनले १०८२ मतसहित पाए । उपाध्यक्षमा साईसँगै अन्य ६ जना विजयी भएका छन् ।

You might also like

Comments are closed.