पोखरा ।
कोरोना महामारीका कारण व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै यातयात व्यवसायीले बैंक तथा वित्तीय संस्थासँग कर्जाको समयावधी थप गर्न माग गरेका छन् । पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि ले विहिवार जारी गरेको विज्ञप्तीमा सो कुरा बताईएको हो ।
बैंक तथा वित्तीय संस्थाले कम्तिमा ६ महिना समयावधी नथपेमा सवारी साधनको चावी तथा सम्वन्धीत कागजपत्र नै वित्तीय संस्थामा बुझाउनु पर्ने स्थिती आउने पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि का अध्यक्ष योगेन्द्र बहादुर के.सीले जानकारी दिए ।



Comments are closed.