यातायात व्यवसायीले प्रधानमन्त्रीलाई भने, ‘बैंकको किस्ता स्थगन गरी पुनःकर्जाको व्यवस्था गरियोस्’

काठमाडौं । लकडाउनका कारण बन्द रहेका सार्वजनिक बस सञ्चालनको विषयमा यातायात व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण सरकारले झण्डै चार महिनादेखि गरेको लकडाउनका कारण वन्द भएको सार्वजनिक यातायात सुरक्षित तवरले सञ्चालन गर्नका लागि वातावरण बनाउन व्यवसायीहरुले प्रधानमन्त्रीसँग आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

jutta mela

बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनः कर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नविकरणलाई सहजता बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, श्रमिकहरुको क्षतिपूर्ति सहितको कोरोना विमा हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपिईको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

यातायात क्षेत्रको समस्या समाधानका लागि सरकार गम्भीर रहेकाले यसको सहजीकरणका लागि सरोकारवाला निकायलाई निर्देशन दिने प्रधानमन्त्रीले बताएको सिटौलाले आर्थिक आवाजलाई जानकारी दिए ।

You might also like

Comments are closed.