यी दुई चर्चित महिला उद्यमीः जो एउटै पदमा प्रतिस्पर्धा गर्दैछन्

आर्थिक आवाज
पोखरा, १३ भदौ । पोखरा उद्योग वाणिज्य संघको ३१औं महाधिवेशनमा देव क्षेत्री प्यानलबाट कार्यसमिति सदस्यमा चीनु गुरुङ र विश्वशंकर पालिखे प्यानलबाट कार्यसमिति सदस्यमै सीता बराल विजयी भएका थिए । दुवैले लोकप्रिय मत पाएका थिए । अघिल्लो पटक फरक फरक प्यानलबाट सदस्यमा विजयी यी दुवै महिला उद्यमीहरु अहिले पनि फरक फरक प्यानलबाटै एउटै पदको उम्मेदवार बन्दैछन् ।

गुरुङलाई रवीन्द्रबहादुर प्रजू प्यानलबाट र बराललाई दामु अधिकारी प्यानलबाट उपमहासचिव उम्मेदवार बनाउने तयारी भइरहेको छ । सफल महिला उद्यमीको पहिचान बनाउन सफल छन् यी दुई महिला उद्यमी मध्ये उपमहासचिवमा को विजयी हुन्छन्, चासोका साथ हेरिएको छ । गुरुङ व्युटी एकेडेमीका सञ्चालक चीनु र चेरिस्मा इम्पोरियमका सञ्चालक सीता दुवै आआफ्नो सर्कलमा लोकप्रिय छन् ।

You might also like

Comments are closed.