युआरएलको प्राविधिक सहयोगमा ६८२ जनाको टिजी र सुगर निशुल्क परिक्षण

 

पोखरा, ११ साउन

शनिबार पोखरा ५ मालेपाटनमा भएको स्वास्थ्य शिविरमा ६ सय ८२ जनाको निशुल्क रगत जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनको आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सहयोगमा शिविर भएको हो । शिविरमा रगतमा हुने खराब बोसो (टिजी) र मधुमेहसम्बन्धी रगत जाँच गरिएको थियो ।

jutta mela

शिविरमा पोखराको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)को प्राविधिक सहयोग रहेको थियो । शिविरमा अन्य सबै प्रकारका रगत जाँचमा पनि ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रामचन्द्र काफ्लेले मुटुरोग, मधुमेह, टिजी लगायतका विषयमा प्रकाश पारे । उनले खानपान र जीवनशैली सुधार्दै रोग लाग्नुपूर्व नै सावधानी अपनाउन आग्रह गरेका थिए । समय समयमा रगत जाँच र चिकित्सकको परामर्श लिएर रोग लाग्नै नदिन उनले सबैलाई आग्रह गरे ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्वास्थ्य सेवाको क्षेत्र भएकाले आफूहरुले शिविर, सचेतना र सर्वसाधारणलाई सुलभ सेवालाई प्राथमिकतामा राखेको बताए । हालसम्म ७३ निशुल्क शिविर गरी ५० हजारभन्दा बढीलाई निशुल्क सेवा दिइसकेको उनको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनका सभापति बुद्धिसागर खनालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजु सुवेदीले पनि बोलेका थिए ।

You might also like

Comments are closed.