युआरएलमा विशाल को–अपरेटिभका सदस्यलाई विशेष छुट

पोखरा । विशाल को–अपरेटिभ संस्था लिमिटेड बुद्ध विशाल बजारका शेयर सदस्यहरुलाई पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याब्रोरेटरी प्रालि (युआरएल)मा स्वास्थ्य परीक्षण गर्दा विशेष छुट प्रदान हुने भएको छ । विशाल को–अपरेटिभको सञ्चालक समितिको निर्णय अनुसार युआरएलसँग उक्त सम्झौता भएको हो ।

सदस्यहरुलाई सुलभ दलमा गुणस्तरीय रक्त परीक्षण प्रदान गर्ने लक्ष्य अनुसार उक्त सहमति गरिएको सचिव सुदिप ढकालले जानकारी दिए । विशाल को–अपरेटिभसँग २ वर्षसम्म लागु हुने गरी उक्त सम्झौतामा सहमति भएको युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

विशालका तर्फबाट अध्यक्ष भुवन नेम्कुलले र युआरएलका तर्फबाट प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । युआरएलमा हुने सबै रक्त परीक्षणमा ३० प्रतिशत छुट हुने सम्झौता भएको छ । विशाल कोअपरेटिभमा ३ सयभन्दा बढी सेयर सदस्य छन् । विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क रगत जाँच शिविर गर्दै आएको युआरएलबाट छुट पाउने सम्झौता भएको विशाल कोअपरेटिभ ४० औं संस्था हो ।

You might also like

Comments are closed.