युआरएल अध्यक्षमा पुनः सुशील र प्रवन्ध निर्देशकमा ठाकुर

पोखरा । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याब (युआरएल)को दोस्रो अधिवेशन तथा छैटौं साधारणसभाले सुशील थापालाई अध्यक्ष निर्वाचित गरेको छ । यसअघि पनि अध्यक्ष रहेका थापा हेल्थ केयरको क्वालिटी कन्सल्टेन्समा सिक्स डिग्मा ब्लाकबेल्ट हुन् ।

अधिवेशनले प्रवन्ध निर्देशक र निर्देशकमा क्रमशः ठाकुरप्रसाद पन्त र दिनेशबाबु खड्कालाई निरन्तरता दिएको छ । ६ वर्षको अवधिमा युआरएलले तनहुँका दुलेगौंडा र दमौलीमा शाखा विस्तार गरिसकेको छ । अध्यक्ष थापाले नाफाभन्दा बढी सेवामा केन्द्रित भई सर्वसाधारणमा चेतना बढाउन र शिविरमार्फत् शुलभ तवरले सेवा दिन संस्था सफल भएको बताए । उनले गण्डकी प्रदेशका अन्य जिल्लामा पनि सेवा विस्तार गर्दै प्रदेशलाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउन लाग्ने प्रण गरे ।

युआरएलले ३ सय ६६ संघ, संस्थासँग सहकार्य गरी ७८ वटा शिविर गरिसकेको छ । हालसम्म अढाइ लाखलाई सेवा दिएको युआरएलले ५८ हजारलाई सित्तैमा सेवा दिएको छ । ४४ संस्थाले युआरएलसँग सम्झौता गरी सेवामा सहुलियत पाइरहेको प्रबन्ध निर्देशक पन्तले बताए । उनले भने, ‘चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी, स्वास्थ्य संस्था, प्रयोगशालाहरु सबैको विश्वास जितेका छौं । गुणस्तर र सेवा बढाउँदै विश्वास अटुट राख्ने प्रण गर्दछौं ।’

You might also like

Comments are closed.