पोखरा । बंगालादेशकोा ढाकाबाट काठमाडौं आएको युएस बंगालको बिमान दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणको क्रममा विमान दुर्घटनामा परेको हो ।
दुर्घटना परेको विमानमा ६७ यात्रु र ४ जना चालकदलका सदस्यसहित ७१ जना रहेको बताइएको छ । बिमानमा लागोको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । बिमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका घाइतेलाई अस्पताल लगिएको छ ।
तस्बिर ः प्रशान्त अर्याल र विष्णु सापकोटा
Comments are closed.