काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको चौथो वर्ष प्रवेश गरेको छ । कम्पनीले मंगलबार मुख्य कार्यालय काठमाडौं सहित देशभरका शाखाहरुमा कर्मचारी तथा संस्थामा आबद्ध अभिकर्ताहरुबीच शुभकामना आदानप्रदान गरी तेस्रो वार्षिकोत्सव मनाएको छ ।
संस्थाको चुक्ता २ अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीले देशभर ६८ जिल्लामा १ सय ७० शाखाबाट बिमा सेवा प्रदान गर्दै आइरहेको छ ।
कम्पनीमा देशभर ४० हजार जना अभिकर्ता आबद्ध रहेको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले आर्थिक आवाजलाई जानकारी दिए । संस्थामा ४ सय जना कर्मचारी कार्यरत छन् । कम्पनीले यही चालु आर्थिक वर्षमा आइपिओ खुलाउँदैछ ।
Comments are closed.