युवा तथा खेलकुद मन्त्री विश्वकर्माद्वारा पत्रकार पाठकलाई सम्मान

 

पोखरा । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले खेलकुद पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट सम्मान गरेका छन् ।

पहिरोमा परी घाइते भएका तथा विभिन्न विकास निर्माणको कामको अवलोकनका लागि पोखरा आएका मन्त्री विश्वकर्माले पाठकलाई सम्मान गरेका हुन् । गत असार २२ गते कारणवश मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पुग्न नसकेका पाठकलाई पोखरामा उनी पोखरा आएको बेला सम्मान गरेका हुन् ।

jutta mela

सो अवसरमा मन्त्री विश्वकर्माले राजधानी बाहिर पहिलो पटक पाठकलाई यो सम्मान प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले सम्मान प्रदान गर्दै पाठकको खेल पत्रकारिताको सफल जिवनको कामना समेत गरे । पाठकले सम्मानपत्र सहित नगद ५० हजार प्राप्त गरेका छन् । पाठक सहित चार जनाले यो पुरस्कार प्राप्त गरेका छन् ।

साढे दुई दशक देखि पोखरा र काठमाण्डौमा रहेर खेलकुद पत्रकारिता गरिरहेका पाठकले पहिलो पटक यो सम्मान पाएका हुन् । २०५९ सालमा गठन भएको नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक समेत रहेका उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार रहेका छन ।

गत वर्ष मंसिरमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा प्रचार प्रशार तथा प्रकाशन समितीको संयोजकको सफल भुमिका निर्वाह गरेका पाठक पोखरा स्पोर्टस डटकमका सम्पादक तथा पोखरा न्युजका कार्यकारी सम्पादकका रुपमा कार्यरत रहेका छन् ।

You might also like

Comments are closed.