‘रचयिताज बुटिकलाई आफ्नै ब्राण्ड बनाएर अगाडि बढ्ने सोच छ’

रचयिता माकाजू
फेसन डिजाइनर रचयिताज बुटिक, महेन्द्रपुल, पोखरा

पोखराको महेन्द्रपुलमा रहेको रचयिताज बुटिकले स्थापनाको छोटो समयमा ग्राहकको विश्वास जित्न सफल भएको छ । फेसन डिजाइनमा व्याचलर्स गरेकी २३ वर्षीया रचयिता माकाजूद्वारा सञ्चालित बुटिकले कपडामा अर्डन अनुसार बुटिक भर्ने काम गर्दै आइरहेको छ । बुटिकका विशेषता, व्यवसायको अवस्था, ग्राहकको प्रतिक्रिया लगायत विषयमा माकाजूसँग आर्थिक आवाजले गरेको कुराकानीः

रचयिताज बुटिक कहिलेबाट सञ्चालनमा आएको हो ?
करिव ३० लाख रुपैयाँ लगानी गरेर गत भदौबाट मैले यो व्यवसाय शुरु गरेकी हुँ । औषत रुपमा हेर्ने हो भने व्यवसाय राम्रो छ । म यो व्यवसायबाट सन्तुष्ट छु । भविष्यमा यसलाई अझै राम्रो बनाउने तयारीमा छु । स्थापनाको छोटो समयमा ग्राहक महानुभावहरुबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साही छु । ग्राहकको विश्वास जित्नसक्नुलाई नै मैले आफ्नो सफलता मान्दै आइरहेकी छु ।

अहिलेका युवाहरुमा डाक्टर, इन्जिनियर, नर्स बन्नुपर्छ, विदेश जानुपर्छ भन्ने सोच हुन्छ । तपाईंलाई बुटिक व्यवसाय गर्ने सोच कसरी आयो ?
के गर्ने भन्ने कुरा आफै निर्णय गर्नुपर्छ । अरुको करकापमा पर्नुहुँदैन । पहिला मेरो ममीको पनि बुटिक नै थियो । मलाई मन पर्ने व्यवसाय पनि हो यो । सात कक्षामा अध्ययन गर्दादेखि नै मेरो उद्देश्य फेसन डिजाइनर बन्ने थियो । फेसर डिजाइनमा ब्याचलर गरेको छु । यस सम्वन्धी ज्ञान मसँग छ । ज्ञान तथा अनुभवलाई प्रयोग गरेर व्यवसाय संचालन गरेको छु । विभिन्न खालका कपडाका डिजाइनबाट पनि म प्रभावित भएर व्यवसाय संचालन गर्न सक्छु भन्ने सोचेर नै यस व्यवसायमा आएको हुँ । एक्स्पोजर पनि पाएँ । काठमाडौं कै ठुलो फेसन शो गर्ने अवसर पनि मैले प्राप्त गरेँ ।

व्यवसायको अवस्था कस्तो छ ?
यो व्यवसायको भविष्य धेरै राम्रो छ । जुनसुकै क्षेत्रमा पनि प्रतिष्पर्धा बढेको छ । प्राय पसलमा बुटिक देख्न सकिन्छ । बुटिक भएरमात्र हुँदैन कपडा कस्तो छ भन्ने कुरा ख्याल गर्नुपर्छ । रेडिमेड कपडाका कारण पनि बुटिक संचालन गर्न धेरै चुनौती छ । सस्तो हुने हुँदा कतिपय ग्राहक रेडिमेड कपडा पनि प्रयोग गर्नुहुन्छ । कपडाको गुणस्तर हेरेर प्रयोग गर्नुपर्छ ।

ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हाम्रोमा आउने ग्राहक सन्तुष्ट हुनुहुन्छ । पछि पनि आउने गर्नुहुन्छ । एकपटक यहाँ आउनुभएका ग्राहककै सिफारिसमा अन्य ग्राहक पनि आउनुहुन्छ । सकारात्मक प्रतिक्रिया पाएका छौं । हाम्रो कामलाई विश्वास गर्नुहुन्छ । आप्mनै ब्राण्ड बनाएर अगाडि बढ्ने सोच छ ।

रचयिताजमा नै किन आउने ?
हामीले गुणस्तरीय कपडा ग्राहकलाई उपलब्ध गराउँछौं । ग्राहकले रोजेको डिजाइन अनुसारका कपडा हामी दिन्छौं । म आफैले अन्य धेरै बुटिकमा गएर हेरेँ । सबैमा राम्रो हुन्छ भन्ने छैन । हाम्रोमा फिनिसिङदेखि लिएर सबै आकर्षक हुन्छन् । काम गर्ने बेला म आफैंले पनि सिकाउछु, म आफै काममा खटिन्छु । ग्राहकको रोजाई अनुसारको डिजाइन र कपडा हामी उपलब्ध गराउन सक्छौं ।

कपडा कहाँबाट ल्याउनुहुन्छ ?
इन्डोनेसिया, चीन, भारत लगायतका देशबाट कपडा ल्याउछौं । काठमाडौंबाट पनि ल्याउछौं । टप्स, सारी, लेहेङ्गा, ब्लाउज, पाइन्ट, सर्ट लगायतका कपडा हामीसँग छन् । विवाह लगायत विभिन्न अवसरमा लगाउने कपडा पनि हामीसँग छन् ।

You might also like

Comments are closed.