रसुवागढी नाकामा चीनले आजदेखि बेलिब्रिज निर्माण सुरु गर्ने

काठमाडौं । रसुवागढी नाकामा चीनले आइतबारदेखि औपचारिक रूपमा अस्थायी बेलिब्रिज निर्माण सुरु गर्ने भएको छ।

गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण बगाएको रसुवागढीस्थित मितेरी पुलको ठाउँमा चिनियाँ पक्षले आजदेखि अस्थायी बेलिब्रिज निर्माणको काम सुरु गर्ने भएको हो ।

यसले चीनसँगको व्यापार तथा आवागमनमा पूर्णरूपमा अवरोध आएको छ। नेपाल सरकार र चीन सरकारबीच भएको आपसी समझदारीअनुसार पुल निर्माणको काम अघि बढाउन लागिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। निर्माण कार्य आगामी भदौ ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

पुल निर्माणसँगै अवरुद्ध रसुवागढी नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.