राखेप बोर्डमा मनोनित भट्टराईलाई विश्व बैंक, आईआरयू र एफआईको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा मनोनयन भएकोमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का पूर्व महासचिव तथा पर्वतीय खेलकुद महासंघ नेपालका हालका अध्यक्ष गोविन्द भट्टराईलाई विश्व बैंक र एफआईए लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाले बधाई दिएका छन् ।

भट्टराईलाई विश्व बैंक, इन्टरनेसनल रोड एन्ड ट्रान्सपोर्ट युनियन (आईआरयू) र फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए)ले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । विश्व बैंक, साउथ एसिया रिजनका भाइस प्रेसिडेन्ट हार्टविग सेफर, आईआरयूका महासचिव अम्बर्टो डी प्रेटो र एफआईएका अध्यक्ष एवं यूएन रोड सेफ्टी स्पेसल इन्भोय जोन टोडले भट्टराईलाई शुभकामना प्रदान गरेका छन् ।

भट्टराई हालै राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा मनोनयन भएका हुन् । परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिको रुपमा भट्टराईलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बोर्ड सदस्यमा मनोनयन गरेका हुन् । यससँगै राष्ट्रिय खेलकुद परिषद (राखेप)मा अटोमोबाइल तथा पर्यटकीय खेलकुद बुझेको व्यक्तिको समेत उपस्थिति भएको छ ।

jutta mela

गोविन्द भट्टराई मोटर स्पोट्र्स सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फेडरेसन डेल अटोमोबाइल (एफआईए)को इनभाइरोमेन्ट एन्ड सस्टेनेबल कमिसनको बोर्ड मेम्बर समेत हुन् । विश्वभरका २५ देशका प्रतिनिधि सहभागी हुने उक्त कमिसनमा भट्टराईले एसिया क्षेत्रको प्रतिनिधित्व गर्छन् । मेक्सिकोका पूर्व राष्ट्रपति फिलिपे काल्देरेन सो कमिसनको अध्यक्ष छन् ।

उनी एफआईएको मोटर स्पोट्र्स अफिसियल र ड्राइभर समेत हुन् । गोविन्द भट्टराई नासाको महासचिव भएकै समयमा नेपालमा एफआईए एसिया प्यासिफिक रिजनल स्पोर्ट कन्फ्रेन्स भएको थियो भने हलिउड अभिनेत्री तथा ग्लोबल रोड सेफ्टी एम्बेसडर मिचेल योहले समेत नेपाल भ्रमण गरेकी थिइन् । भट्टराईले दर्जनौं विश्वविद्यालय र विभिन्न निकायमा रोड सेफ्टी र विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिसकेका छन् ।

You might also like

Comments are closed.