राजा फालियो भन्दैमा पृथ्वीनारायण शाहलाई हेलाँ गर्ने अधिकार कसले दियो ?

पृथ्वीनारायण शाह नेपालको निर्माता । जसलाई व्याख्या बयान गर्नका लागि शब्दको अभाब छ, नेपाली शब्दकोषमा । एउटा झोले गवार देशद्रोही मर्दा बिदा घोषणा हुन्छ । तर रास्ट्रनायकको यत्रो योगदानलाइ कदर गर्न जान्दैन । भो अब हामी नेपाली भनेर छाती फुलाउनु पर्दैन । राजा फालियो भन्दैमा पृथ्वीनारायण शाहलाई हेलाँ गर्ने अधिकार कस्ले दियो ?

के हामी हाम्रा बाबाआमा बिना यो धर्तिका हुने थियौं ? एक पटक सोचौं सबैले हो । त्यस्तै उहाँ बिनाको नेपाल कल्पना पनि गर्न सकिन्न । सबै भन्दा बढी राष्ट्रहितको कुरा गर्नेहरू सबैभन्दा चर्को रूपमा विदेशी दलाल भएका छन् । दुनियाँलाई राम्रो गरेर देखाएपछि प्रशंसा नपाउने कुरै छैन । तर दुनियाँलाई गरेर देखाउन त पहिले आफूमा गुण चाहिन्छ । गुण नै नभएको व्यक्ति जतिसुकै पद वा ओहदामा पुगे पनि हुनेवाला केही छैन ।

लाग्छ, आज स्यालहरुले मासु लुछाचुडी गरिरहेछन् । यस्ता स्यालहरु स्वामीभक्त भएर देखा पर्छन् । कतिपय स्यालहरु हेर्दा एकदम इमानदार सहनशील जस्तो पनि देखिन्छन् । कतिपय स्यालहरु स्वामीभक्ति गर्न, स्वामीले अह्राएको काम गर्न, स्वामीको आदेशानुसार चटक देखाउन माहिर देखिन्छन् । पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपालकै अस्तित्व गुम्ने खतरा थियो । त्यो बेला छिमेकी भारतमा अंग्रेजहरुले सानासाना भुरे टाकुरे राज्यहरुलाई निल्दै विशाल साम्राज्य खडा गरेको स्थितिमा नेपाल बलियो र शक्तिशाली नभएको भए यसको अस्तित्व इतिहासबाटै लोप हुने खतरा थियो ।

jutta mela

पृथ्वीनारायणको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी ब्याख्या भन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु हो । पृथ्वीनारायणका सन्तानहरूले गरेका गल्तीसँग जोडेर उहाँलाई अपमान गर्न मिल्दैन । विगत दश वर्षदेखि परिवर्तनको नाममा राज्यले राष्ट्र निर्माताको अपमान गरेको छ ।

शाहलाई एकताका प्रतीकको रुपमा लिन नसक्नु राज्यको ठुलो भुल हो । अन्य देशका राजाहरू पहिले राजा हुन्छन् । पछि देश बनाउनेमा लाग्छन् । तर हाम्रो देशका पृथ्वीनारायाण शाहले पहिले देश बनाउँनु भयो बल्ल पछि नेवारकी छोरीको खुट्टाको पानी खाएर मात्र राजा बन्नु भएको इतिहास छ । विश्वमान चित्रमा एक टुक्रा जमिनको नाम नेपालको छ भन्ने महान इतिहास रच्ने राष्ट्रिय विभूतिका पनि विभूति पृथ्वीनारायण शाह हुन् । उहाँलाई नसम्झने नेपालीको लागि गम्भिर दुर्भाग्य हो ।

You might also like

Comments are closed.