राज्यले गर्नुपर्ने काम सहारा क्लबले गर्दै आएको छः मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक आग्रहपूर्वाग्रह नराखी सञ्चालनमा रहेका संस्थाहरुले सफलता हाँसिल गरिरहेको गरेका छन् । सहारा क्लव पोखराको २१ औं साधारण सभा तथा ११ औं अधिवेशनको उद्घाटन शत्र कार्यक्रममा बोल्दै उनले राजनीतिक हस्तक्षेप बिना सञ्चालनमा रहेका क्लव छन् भन्ने कुरा सहारा क्लव पोखरा, एसओएस बालग्राम, हिमालयन आँखा अस्पताल घारीपाटनलगायत हेरे पुग्ने बताए ।

मुख्यमन्त्री गुरुङले राज्यले गर्नुपर्ने काम सहारा क्लवले बताए । उनले भने,‘हिजो कुनै कालखण्डमा दुःखले शुरुवात गरेर अहिले उदाहरणीय संस्थाका रुपमा दरिएका छन्, अब यस्ता संस्थालाई राज्यले संरक्षकत्व दिन्छ ।’ उनले सहारा क्लवद्वारा सञ्चालित सहारा फुटवल एकेडेमीलाई यस आर्थिक वर्षमा २० देखि ३० लाख उपलब्ध गराउने घोषणा गरे । सहयोगलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री गुरुङले गुजारामुखी पूर्वाधारका कारण खेलकुदले फड्को मार्न नसकेको टिप्पणी गरे ।

jutta mela

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राजेशकुमार गुरुङले सहारा फुटवल एकेडेमीको फुटवल मैदान अझै केहि फराकिलो बनाउँदा उपयुक्त हुने भन्दै जग्गा फराकिलो बनाउनका लागि भूमिका खेलिदिन मुख्यमन्त्रीलाई आग्रह गरे ।

सहारा युकेका महासचिव धनु थकालीले बिदेशमा बसेका नेपालीले पनि सामाजिक क्षेत्रमा योगदान गरिरहेको भन्दै त्यस अन्तर्गत सहारा क्लवलाईपनि आफूहरुले सहयोग गरिरहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहारा क्लव गण्डकी प्रदेशका लागि रोलमोडल संस्था भएको बताउँदै यसले अन्र्तराष्ट्रिय रुपमा पनि पोखरालाई चिनाउन भूमिका खेलेको बताए ।

सहारा क्लव पोखराका बरिष्ठ उपाध्यक्ष सुरजकुमार गुरुङले आहा ! रारा गोल्डकपको कमाई घट्दा सहारा एकेडेमी सञ्चालनमा समस्या आएको बताउँदै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरे ।

सहारा क्लवका अध्यक्ष केशबबहादुर थापाले मन, बचन र कर्मले खेलकुदको विकाससँगै सामाजिक क्षेत्रमा सदैव क्लव अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्लवका संस्थापक मध्येकी एक शान्ता केसीलाई उत्कृष्ट सदस्यको रुपमा सम्मानित गरिएको थियो । सो अवसरमा एसईई २०७५ मा उत्तीर्ण हुने क्लबका सदस्यका छोराछोरीलाई बधाई ज्ञापनसहित सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.