रात्रीकालिन चेकिङमा कास्की प्रहरी प्रमुख ओम राना

पोखरा, २२ जेठ ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुरुस्त बनाउनका लागी आफै फिल्डमा उत्रिएका छन् । सोमबार रातको समयमा राना आफै सवारी चेकिङ भएका स्थानमा पुगी प्रहरी जवान संगै स्वयं आफै सवारी चेकजांचमा सहभागी भएका हुन् । सवारी चेकजांच संगै रानाले सवारी चालकहरुलाई प्रहरीले दुख दिएको नदिएको बारेमा समेत चालकहरु संग प्रहरीको क्रियाकलापको बारेमा समेत जानकारी लिए ।

एसपी रानाले मोटरसाइकल चालक र ट्याक्सी चालकहरु संग प्रहरीको आचरणको बारेमा बुझ्दै प्रहरी कर्मचारीहरुलाई प्रहरीको नियमलाई अवलम्बन गरी जनतालाई मर्का नपुग्ने गरी काम कारवाही गर्न निर्देशन दिए ।

प्रहरी जवानहरुको काम कारवाहीमा कुनै कमजोरी नआओस र उनीहरुमा आफ्नो कर्तब्य र जिम्मेवारी बहन गर्नका लागी थप मदत पुग्ने भएकाले आफु स्वयं फिल्डमा उत्रेर काम गरेको रानाले वताए । सिनियर अफिसरहरु फिल्डमा गएर काम कारबाहीमा लाग्दा जवानहरुलाई पनि काम गर्ने मनोवल बढ्ने भएकाले आफु मात्र नभइ मातहतका सिनियर अफिसररुलाई पनि जवान संगै चेकिङमा उत्रेर काम गर्न लगाएको रानाले वताए ।

चेकिङका क्रममा कोही पनि प्रहरी कर्मचारीले सवारी चालकलाई दुख दिन नहुने वताउदै कोही कसैले कुनैपनि ठाउमा चेकिङको क्रममा सवारी चालकलाई दुख दिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत एसपी रानाले चेकिङको क्रममा भेटिएका सवारी चालकहरुलाई आग्रह गरेका छन् ।

चेकिङको क्रममा भेटिएका अधिकांस सवारी चालकले सवारी चेकजांच गर्नु राम्रो काम भएको वताउदै ट्राफिक नियम विपरित सवारी चलाउनेहरुलाई कारवाही गर्न आफुहरुले समेत सहयोग गर्ने वताएका छन् ।

lcci
You might also like

Comments are closed.