राष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं ।  नेकपा एमालेले सरकारबाट बाहिरिएपछि अहिले १६ वटा मन्त्रीपद प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको काधमा आएको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने बताएकी छिन्।

साथै उनले प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने जानकारी दिएकी छन् ।मंगलबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि हुने बताएकी हुन्।

नयाँ गठबन्धन बनेको र को(को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुङ्गो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनले बताइन्।

उनले राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नु परेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको स्पष्ट पारिन्। पछिल्लो समयमा राजनीतिकमा एकदमै उतारचढाव आएको छ । नेकपा एमाले सरकारबाट बाहिरी सकेको छ भने सर्मथन पनि फिता लिएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नेकपा एमाले भन्दा अगाडिनै बाहिरिएको हो यद्पी समर्थन भने फिर्ता लिएको छैनन् ।

You might also like

Comments are closed.