राष्ट्रियसभा निर्बाचन : श्रेष्ठ र न्यौपानेद्वारा उम्मेदवारी दर्ता

पोखरा : माघ ९ गते हुने राष्ट्रियसभाको निर्बाचनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएका छन्।

श्रेष्ठको प्रस्तावमा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र समर्थनमा प्रदेशसभा सदस्य दिलमाया रोका रहेका छन।

न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ रहेकी छन् ।

श्रेष्ठ र न्याैपानेलाई नेकपाले गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार चयन गरेको थियो ।

You might also like

Comments are closed.