राष्ट्रिय मावि र जनप्रियले जित्यो सृजना कपको उपाधि

पोखरा । राष्ट्रिय मावि र जनप्रिय माविले पोखरामा सम्पन्न सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको उपाधि चुमेका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा शनिबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ राष्ट्रिय माविले वाराही माविलाई पराजित गर्दै तथा छात्रातर्फ जनप्रिय माविले ताल वाराही माविलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

छात्र तथा छात्रातर्फको उपाधि बिजेता राष्ट्रिय मावि र जनप्रिय माविले समान ५०÷५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । उपबिजेता बनेका वाराही मावि र ताल वाराही माविले समान ३०÷३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

शनिबार भएको फाइनल भिडन्तमा छात्रतर्फ राष्ट्रिय माविले वाराही माविलाई ३÷२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । राष्ट्रिय माविले वाराहीलाई २८–२६, २५–२०, २१–२५, २५–२७ र १६–१४ को सेटमा पराजित ग¥यो ।

jutta mela

त्यस्तै, छात्रातर्फ भएको फाइनल भिडन्तमा जनप्रिय माविले ताल वाराही माविलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । उपाधि भिडन्तमा जनप्रियले ताल वाराहीलाई २५–१८, २५–७ र २५–१६ को सेटमा पराजित ग¥यो ।

त्यस्तै, शनिबार नै भएको खेलमा छात्रतर्फ मेश्रम वराह माविले कालिका माविलाई २५–२१, २६–२४, २१–२५ र २५–१५ को सेटमा हराउँदै तेश्रो भयो । छात्रातर्फ राष्ट्रिय माविले विन्दबासिनी माविलाई २५–१२, २१–२५, १५–२५, २५–२२ र १५–१० को सेटमा पन्छाउँदै तेश्रो स्थान सुरक्षित ग¥यो ।

तेश्रो स्थान प्राप्त गर्ने छात्रतर्फको मेश्रम वराह मावि र छात्रातर्फको राष्ट्रिय मािवले समान १५÷१५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय माविका अजय सुनार र छात्रातर्फ जनप्रिय माविकी तेलिना छन्त्याल सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, छात्रतर्फ उत्कृष्ट स्पाइकरमा वाराही माविका प्रविन सुवेदी, सेटरमा राष्ट्रिय माविका राजकुमार विक, ब्लकरमा वाराही माविका अजय थापा तथा छात्रातर्फ उत्कृष्ट स्पाइकरमा तालवाराही माविकी श्रृष्टी विक, सेटरमा जनप्रिय माविकी मञ्जु सेन्चुरी, डिफेन्डरमा ताल वाराही माविकी विपना नेपाली र सर्भरमा जनप्रिय माविकी विपना पुन उत्कृष्ट घोषित भए । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्टहरुलाई १÷१ थान भलिबल प्रदान गरिएको थियो ।

प्रतियोगितका बिजेताहरुलाई कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुली, सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराई, उपाध्यक्ष ईन्द्र पौडेल, खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरी, नागरिककर्मी सन्देश श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

You might also like

Comments are closed.