रियलस्टेट व्यवसायलाई जोगाउन तत्काल कित्ताकाट खुलाउन माग

पोखरा । कित्ताकाट रोकिदा घरजग्गा व्यवसाय चौपट भएको व्यवसायीहरुले बताएका छन् । गण्डकी जग्गा तथा आवास विकास संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी घरजग्गा (रियलस्टेट) व्यवसायलाई जोगाउन तत्काल कित्ताकाट खुल्ला गर्न माग गरेको छ ।

‘निर्माणाधीन हाउजिङ र अपार्टमेन्टको काम कोभिड–१९ का कारण रोकिएको छ,’ संघका अध्यक्ष अरुण स्तोम त्रिपाठीले भने, ‘एकातिर कित्ताकाट पनि नहुने र अर्कोतर्फ सञ्चालित परियोजनाहरु समेत ठप्प भएको अवस्थामा हमी बैंकको किस्ता र व्याज तिर्न असमर्थ छौं ।’

जग्गा कित्ता काटमा रोक लगाउँदै अपारदर्शी गतिविधि मौलाउने अवसर सृजना राज्यबाटै भएको संघको आरोप छ । ‘हामी जथाभावी कित्ताकाटको पक्षमा छैनौं,’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘खेतीयोग्य जमिन बस्ती बसाल्न हुँदैन भन्नेमा हामी स्पष्ट छौं ।’ कित्ताकाट रोक्दैमा मानिसको व्यवस्थित र सुरक्षित शहरमा बस्ने चाहना रोक्न नसकिने पनि संघले जनाएको छ ।

jutta mela

रियलस्टेट, हाउजिङ र अपार्टमेन्टको लागि निश्चित मापदण्ड कायम गर्दै मापदण्डका आधारमा कित्ताकाट खुल्ला गर्दै रियलस्टेट व्यवसायको प्रवद्र्धन गरी व्यवस्थित शहर निर्माणको पहल होस् भन्ने संघले माग गरेको छ । खेतीयोग्य जमिनलाई जोगाउँदै अन्य क्षेत्रमा व्यवस्थित वस्ती विकास गर्न सकिने संघका निबर्तमान अध्यक्ष अर्जुन पोखरेलले बताए । घरजग्गा व्यवसाय गर्नका लागि स्थानीय तह र सरकारसँग छलफल गर्ने तथा दबाब दिने काम पनि भइरहेको उनले जानकारी दिए ।

नेपाल सरकार तथा सम्बन्धित निकायमा दर्ता भएका व्यवसायीले मात्रै कारोबार गर्न पाउनुपर्ने पनि संघले माग गरेको छ । कित्ताकाट रोकिदा पनि गैरकानुनी बाटोबाट समेत जग्गा खण्डीकरण गर्ने काम भएको पोखरेलले बताए । ‘अशंबण्डाको बाहनामा समेत कित्ताकाट गर्ने काम भएको पाइएको छ,’ उनले भने, ‘गलत बाटोबाट कित्ताकाट गरिनु हुँदैन र व्यवसायलाई व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

You might also like

Comments are closed.