रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

वीमितहरुलाई अधिकतम आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐन २०६३ र बिमा ऐन २०४९ अन्तर्गत २०६४ सालमा दर्ता भएको कम्पनीले २०७४ भदौ १५ गतेबाट सेवा शुभारम्भ गरेको थियो । तेस्रो वार्षिकोत्सवको अवसरमा सोमबार कम्पनीले वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियामक निकाय, शेयरधनी, कर्मचारी, सरोकारवाला एवं शुभेच्छुकहरुप्रति धन्यवाद ज्ञापन गरेको छ ।

अधिकृत पुँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी २ अर्ब रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिृकत नारायण बाबु लोहनीले जानकारी दिए । संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधरणको ३० प्रतिशत सेयर रहने नीति अनुरुप आव २०७७÷७८ भित्रै कम्पनीले सर्वसाधरणका लागि साधरण सेयर निस्कासन गर्नेछ ।

नेपाली जनताले बिमाको लाभ लिनुपर्छ भन्ने उद्देश्यले कम्पनी स्थापना गरिएको अध्यक्ष उदय नेपाली श्रेष्ठले बताए । वीमितहरुलाई अधिकतम आर्थिक सुरक्षा र बोनस लगायत सम्पूर्ण रुपमा लाभान्वित गर्ने कम्पनीले वार्षिकोत्सवको अवसरमा प्रतिबद्धता व्यक्त गरेको छ ।

jutta mela

कम्पनीका हरेक शूचांकहरु राम्रो रहेको प्रमुख कार्यकारी अधिकृत लोहनी बताउँछन् । ‘कम्पनी अपरेसनमा आएको ३ वर्षमा सर्वाधिक नम्बरको बिमा बेच्न सफल भएका छौं,’ उनले भने । कम्पनीले नेपालका सातै प्रदेशमा शाखा सञ्जालसहित सेवा प्रदान गरिरहेको छ । देशभरका ८२ शाखामा करिब ३ सय जना दक्ष तथा अनुभवी कामदार कम्पनीका आबद्ध रहेको नायव प्रमुख कार्यकारी अधिकृत अगम मुखियाले बताए । कम्पनीमा १० हजार भन्दा बढी सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर र अभिकर्ताहरु छन् ।

कम्पनीले प्रत्येक कामहरु गर्दा मितव्ययिताको सिद्धान्त पछ्याएर काम गरिरहेको सहायक महाप्रवन्धक दीपेश बाबु तिवारीले बताए । डिजिटल माध्यमबाट खरिद तथा भुक्तानी गर्नका लागि सुरु गरिएको अनलाइन सेवासमेत प्रभावकारी बनेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.