रुपाकोटको थुम्कीमा युनाइटेडको स्वास्थ्य शिविर

पोखरा । युनाइटेड क्लब पोखराले कास्कीको रुपाकोट गाउँपालिका थुम्कीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आएको क्लबले पूर्व विद्यार्थी मञ्च शिवालय माविको व्यवस्थापनमा सम्पन्न शिविरमा ४ सय ६५ जनाले सेवा लिएका थिए ।

शिविरको उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले आफ्नो गाउँपालिकामा आएर स्वास्थ्य शिविर राखी आफ्नो गाउँपालिकाका जनतालाई पुर्याएको सेवा प्रति आभार व्यक्त गरे । ओझाले आगामी दिनमा पनि युनाइटेड क्लबसंग मिलेर आफ्नो गाउपालिकाभित्र विभिन्न सामाजिक कामहरु समेत गर्ने वताए ।

रुपा गाउँपालिका वडा नम्बर २ का कार्यवहाक अध्यक्ष हिता रुपाखेतीले रुपाकोटको थुम्की गाउँमा आएर युनाइटेड क्लबले त्यस क्षेत्रका गाउँलेको स्वास्थ्यप्रति चासो दिएकोमा धन्यवाद व्यक्त गरिन् । शिवालय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर थापाले गाउँमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट रुपाकोट क्षेत्रका सम्पूर्ण व्यक्तिले लाभ लिन सकेको बताए । शिवालय माविका प्रधानाध्यपक रुपिन्द्र प्रभावीले ग्रामीण क्षेत्रका आमजनता स्वाथ्य सेवा पाउनबाट बञ्चित भैरहेको अवस्थामा घरदैलोमै आएर निशुल्क स्वाथ्य सेवा प्रदान गरेकोमा क्लबप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्य गरेर अगाडी वढ्ने बताए ।

महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर नारायण ओझाले ग्रामीण भेगमा अझैपनि स्वास्थ्य जांचको बारेमा त्यति ध्यान नदिएकै कारण सामान्य रोगहरु पनि जटिल अवस्थामा पुगेपछि मात्र उपचार गराउने बानी रहेको बताउँदै सामान्य बिरामी भइहाले नजिकको स्वास्थ्य संस्थामा उपचार गर्न जाने बानी गर्नुपर्ने बताए । पूर्व विद्यार्धी मञ्च शिवालय माविका अध्यक्ष राजन सुवेदीले आफ्नो गाउँमा निःशुल्क स्वाथ्य शिविर राखेर बृद्धादेखि बच्चासम्मकोे उपचार गर्न पाउँदा निकै खुसी लागेको बताए ।

नरहरि पोलिक्लिनिक रामबजारको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर नारायण ओझा, पेट छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी, बालरोग विशेषज्ञ डाक्टर प्रदिप भट्टराई, हाडजोर्नी तथा नशा रोग विषेशज्ञ डाक्टर राजन ताम्राकार, स्त्रीरोग विशेषज्ञ विभा भट्टराइ, रेडियोलोजिष्ट डाक्टर अरुण पौडेल, मेडिकल अफिसर डाक्टर आशिष सिग्देल र प्राविधिकहरु नरहरि पनेरु, ईश्वर शर्मा, सन्दिप केसी, हिमलाल गौतम लगायतले सहजीकरण गरेको कार्यक्रम संयोजक जयराम आचार्यले जानकारी दिए ।

शिविरमा १ सय १४ जनाले भिडियो एक्सरे गरेका थिए भने २७ जनाले पिशाव परीक्षण र २ सय १३ जनाले पेट, छाती र मुटुरोगको परीक्षण गराएका थिए । हाडजोर्नी तथा नशा रोग सम्बन्धी १ सय २०, स्त्री रोग सम्बन्धी ६१, वालरोग सम्बन्धी ४४ र नाक कान घांटी सम्बन्धी ३५ जनाले परीक्षण गराएका थिए । युनाइटेड क्लब पोखराका अध्यक्ष लालकाजी गरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्य राजु श्रेष्ठ स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।

You might also like

Comments are closed.