रेनोको इलेक्ट्रिक कार लन्च हुँदै, सिंगल चार्जमा २५० किलोमिटर चल्ने

काठमाडौं । रेनोको पहिलो इलेक्ट्रिक कार १६ अप्रिलमा लन्च हुने भएको छ । सो कार रेनोको पहिलो इन्ट्रि लेभल इलेक्ट्रिक कार हुनेछ । सो इलेक्ट्रिक कार रेनोको इन्ट्रि लेभल ह्याचब्याकमा आधारित हुनेछ । उक्त कार चीनको संघाईमा हुने मोटर शोमा पनि प्रदर्शनी गरिने छ । फ्रेन्च कार निर्माता कम्पनी रेनोको सो इलेक्ट्रिक कार के–जेडईको डिजाइन हालको क्विडसँग मुल्दोजुल्दो छ । सो कारको निर्माण चाइनिज पार्टनर डोङफेङ मोटर्सले गर्नेछ । यो वर्ष सो कार चीनमा लन्च गरिने छ । त्यसपछि सो कार अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिने छ ।

मिडिया रिपोर्टका अनुसार रेनोको नयाँ इलेक्ट्रिक कार २०२० मा भारतमा लन्च गरिने सम्भावना रहेको छ । चीनको डोङफेङ मोटर्सको हरेक वर्ष १ लाख २० हजार युनिट कार निर्माण गर्ने क्षमता रहेको छ । सो इलेक्ट्रिक कारको कन्सेप्ट भर्सन २०१८ मा पेरिसमा भएको मोटर शोमा सार्वजनिक गरिएको थियो ।

रेनो के–जेडईमा कैयौ फिचर रहेको छ । यसमा स्टाइलिङ ग्रिलको साथमा एलईडी हेडल्याम्प्स उपलब्ध छ । साथै यसको टेल ल्याम्प्समा पनि एलईडी सेटअप पाउन सकिन्छ । यसमा फास्ट चार्जिङ सिस्टम पनि रहेको छ । सो कारले सिंगल चार्जमा २५० किलोमिटरको दुरी तय गर्ने क्षमता रहेको छ । इलेक्ट्रिक कारमा रियर भ्यु क्यामेरा, टचस्क्रिन इन्फोटेनमेन्ट, रियर एसी भेन्ट्स, अटोमेटिक एसी आदि जस्ता प्रिमियम फिचर्स हुने सम्भावना रहेको छ । सो कारको बम्पर पनि नयाँ हुनेछ र बडी डिजाइन रेगुलर क्विड भन्दा फरक हुनेछ ।

You might also like

Comments are closed.