रेवानको आयोजनामा दुई दिने बार टेण्टर तालिम

 

जेठ १६,पोखरा

रेष्टुरेण्ट एण्ड बार एशोसियएन अफ नेपाल (रेवान) पोखराको आयोजनामा बार टेण्टर सम्बन्धि दुई दिने तालिम बिहिबार सम्पन्न भएको छ । तालिमका सहभागिहरुलाई रेवान पोखराका सल्लाहकार समेत रहेका अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराईले एक समारोहका विच प्रमाण–पत्र प्रदान गरे ।

jutta mela

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरिहरेको सन्दर्भमा नेपालमा दक्ष जनशक्तिको खाँचो रहेको औल्याए । पोखरा आउने स्वदेशी तथा विदेशी पाहुनालाई उनीहरुले खोजे जस्तै स्वाद र आतिथ्यता प्रदान गरि उनीहरुलाई खुसि बनाउन दक्ष जनशक्तिको खाँचो पर्ने उनको भनाई थियो ।

तालिमका संयोजक रेवान पोखराका कार्यवाहक अध्यक्ष लक्ष्मण बरालले रेवानले आफु मातहतका रेष्टुरेण्टहरुको गुणस्तर बृद्धिका लागि हरेक वर्ष विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिए । दुई दिने तालिममा कक्टेल एण्ट ड्रिम्स स्कुल अफ बार एण्ड म्यानेज्मेण्टका प्रमुख कार्यकारी निर्र्देशक राजकुमार डि.सि.ले सहजिकरण गरेका थिए । नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न तालिममा रेवान पोखरामा आवद्ध विभिन्न रेष्टुरेण्टमा कार्यरत ५० जनाको सहभागिता रहेको थियो । रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङले कार्यक्रम सञ्चालन तथा सदस्य बसन्त गौतमले स्वागत गरेका थिए ।

You might also like

Comments are closed.