रोट्याक्ट लेखनाथको रोटा सप्ताह सम्पन्न

पोखरा, २ चैत्र
रोट्याक्ट क्लव अफ लेखनाथको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । सात दिनसम्म विभिन्न कार्यक्रमहरु गरी शनिवार एक कार्यक्रम बीच सम्पन्न भएको हो । समापन कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका विकास समिती सभापती दिपक कोइरालाले युवाहरु समाजका ऐना भएकोले सकारात्मक काममा लाग्न आग्रह गरे । उनले युवाहरु १८ वर्ष देखी ३० वर्ष सम्ममा आफ्नो भविष्य र वर्तमान राम्रो वनाउने सँगै विकासमा समेत लाग्नु पर्नेमा उनको जोड थियो ।

सोही कार्यक्रममा रोटरी क्लव अफ लेखनाथका अध्यक्ष विश्वमणी भण्डारी, सस्थापक अध्यक्ष सन्तोष गुरुङ,, क्लवका पुर्व अध्यक्ष नवराज पौडेल, पुर्व अध्यक्ष रोशन अधिकारी, प्रशिक्षक राधाकृष्ण लामीछाने लगायतले बोलेका थिए ।  क्लवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत क्लबले कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थल सरसफाई, असक्त वालवालिकाहरुलाई सहयोग वितरण, पुर्व अध्यक्षहरु सँग छलफल, फुटशल, सकारात्मक सोचाई सम्वन्धी तालिम गर्दै कार्यक्रम समापन गरेको हो ।

रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष सन्दिप पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संयोजक प्रदिप आचार्य, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष सुजन न्यौपानेले र सञ्चालन कमल गौतमले गरेका थिए ।

You might also like

Comments are closed.