लकडाउनमा थप कडाई, अर्को प्रदेश, जिल्ला र स्थानीय तहमा प्रवेश रोक

काठमाडौं । शनिबार थप ३ जनामा कोरोना देखिएपछि लकडाउनलाई अझ कडा बनाउने सरकारले जनाएको छ । शनिबार नै बसेको मन्त्रीपरिषद बैठकले लकडाउनलाई पूर्ण पालना गराउने निर्णय गरेको प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवागमनलाई पनि नियन्त्रण गरिने खतिवडाले जानकारी दिए । कोरोना नियन्त्रणका लागि प्रदेश र स्थानीय तहले प्रभावकारी रुपमा काम गर्नुपर्ने निर्णयसमेत भएको उनले बताए । स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिने पनि उनले बताए ।

You might also like

Comments are closed.