लकडाउन, आर्थिक मन्दी र चुनौती

भानु अधिकारी

विश्व नै कोरोना भाइरस (कोभिड- १९) ले आक्रान्त भएको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । कोरोनाबाट बच्न हामीले पनि देश नै लक डाउनमा राखिराखेका छौं । यसलाई हामीले बन्दको रुपमा हेर्ने हो भने पहिले राजनीति माग पूरा गराउन गरिने विरोधको गरिने आम हडतालसँग तुलना गर्न सक्छौं । आज मानव जीवनको रक्षाका लागि  विश्व नै लकडाउनको अबस्थामा रहेको छ । यसको प्रभावपछि विश्व अर्थतन्त्रले कस्तो मोड लिने हो यो सबैको चासोको विषय बनेको छ।

कोरोना प्रभाव औद्योगिक क्षेत्रमा प्रत्यक्ष रुपमा परेको छ । औद्योगिक क्षेत्र कुल उत्पादनको मुख्य केन्द्रको रुपमा रहेको हुन्छ । बिगतको बन्दसँग तुलना गर्ने हो भने यसरी भएको बन्दको प्रभावले धेरै उद्योगी तथा व्यवसायीहरुलाई पलायनको स्थिति बनाएको थियोे । तर, आज त लगातार बन्द रहेन र यो अनिश्चितकालीन बन्दाबन्दीले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव हुने हो यसलाई निकै गम्भीरता साथ लिनुपर्ने देखिन्छ ।

jutta mela

यस्तो बन्दले देश तथा जनतालाई कति मूल्य चुकाउनु पर्ने हुन्छ भन्ने कुरा एक दिन बन्द हुँदा हरेक क्षेत्रमा कति नोक्सान हुन्छ भने कुराको हिसाब गरेर सामान्य जोड गर्दा हुन्छ । एक दिन मात्रै बन्द हुने हो भने देशलाई अरब भन्दा बढीको नोक्सान हुन्छ । औद्योगिक उद्योगआट एक दिनमा मात्रै करोडौं राजश्वको घाटा हुन्छ । नेपाल जस्तो देशको अर्थतन्त्र कृषि, उद्योग र सेवा गरी तीन क्षेत्रमा विभाजित गर्न सक्छौं । यसरी हेर्दा नेपालको आर्थिक बजारलाई अध्ययन गर्ने हो भने नेपालको राजश्वमा कृषिले १७% र उद्योगले १३.५% र सेवामूलक र पर्यटनले ६९.५% ओगटेको पाइन्छ । आयात र निर्यातलाई अध्ययन गर्ने हो भने प्रत्येक वर्ष १० अरब डलर भन्दा बढीको आयत र ८८ करोड डलरको निर्यात गर्ने गरेको पाउछौं ।

यसरी निर्यात र आयात गर्ने बस्तुहरुको बारेमा अध्ययन गर्ने हो भने हामीले आयत गर्ने बस्तुहरु पेट्रोलिय पदार्थ, मेसिनरी सामग्री, विद्युतीय सामग्री र औषधीहरुलाई  प्रमुख रूपमा लिन्छौं । कच्चा कपाडा, जुट, दाल, जुस र कार्पेट जस्ता निर्यात गर्दछौं । आयात र निर्यातको प्रमुख देश भारत नै हो त्यस्तै भारतको अर्थतन्त्र कस्तो हुन्छ त्यस्को प्रभाव नेपालमा पर्ने देखिन्छ । यसरी लामो समयसम्मको बन्दले कस्तो असर गर्दछ भन्ने कुरा निरन्तर उकालो लागेको नेपाल को जिडिपी भूकम्पको बेला घटेर  २०१६ मा ०.६% मा आएको थियो । २०१७ मा त्यो बढेर ८.२% पुगेको थियो । अहिले फेरि २०२० र २०२१ लाई यो घटेर २ .८% र २.९% हुने आकलन गरिएको थियो । तर यो लामो समयसम्म को बन्दले गर्दा के हुने हो त्यो अबको समयले बताउने छ ।

हाम्रो जस्तो देशको अर्थतन्त्रको ७५% सेवामूलक व्यवसायले नै ओगटेको अवस्थामा सरकारले सेवामूलक व्यवसायलाई केही राहतको व्यवस्थापन गर्न नसकेमा यो व्यववसाय गर्नेहरु जस्तै, थोक तथा खुद्रा बिक्रेता, होटेल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार, वित्तीय कारोबार गर्ने संस्था घर तथा जग्गा भाडामा लगाउने र पर्यटन व्यवसाय नै प्रमुख रुपमा लिन सक्छौं । यसरी लामो समयसम्म बन्दले प्रत्यक्ष प्रभाव पार्ने पनि यीनै व्यवसाय हुन् । हामीले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यमको रुपमा लिइरहेको पर्यटन व्यवसाय नै धरासय हुने र हामीले आयत गर्ने बस्तुहरु नै अहिले पनि आयत गरिरहनुपर्ने र लकडाउनको अत्यसँगै यो बस्तुहरुको आयात अत्यधिक रुपमा हुने हुँदा र निर्यात शून्य हुन सक्ने आँकालन गर्न सकिन्छ ।

यसरी लामो समयसम्म हुने बन्दको असरले पुँजी पलायन हुने हुँदा दीर्घकालीन आर्थिक वृद्धिलाई नकारात्मक असर पुग्ने देखिन्छ । देशमा रहेका बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन तथा कार्य पनि अनिश्चित देखिन सक्छ । त्यसैले सरकारले बेलैमा विचार नगर्ने हो भने नेपाल आर्थिक दलदलमा फस्न सक्ने हुन्छ । यसलाई जोगाई राख्ने र अर्थतन्त्रलाई मजबुत बनाउन अहिलेको सरकारले अर्थतन्त्रको मुख्य सूचकहरुलाई ध्यान दिनुपर्ने देखिन्छ । त्यो कृषि र सेवा क्षेत्र हुन, यिनीहरुको समस्या समाधानको उपायहरुको खोजी गर्नु सरकारको प्रमुख दायित्व हुनेछ ।

You might also like

Comments are closed.