लकडाउन बढाउने, उद्योगी व्यवसायीलाई राजश्व बुझाउन सूचना निकाल्ने ?

बलराम ढकाल
अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

पोखरा । सरकारले लकडाउन अवधि बढाएर उद्योगी व्यवसायी तथा आम नागरिकलाई घरभित्रै थुनेको अवस्थामा कर तिर्नुपर्छ भनेर सूचना प्रकाशित गर्नु आफैंमा नाजायज कुरा हो । यसले लेखनाथ उद्योग वाणिज्य संघको ध्यानाकृष्ट भएको छ । उद्योगी व्यवसायीले कर तिर्न सक्ने वातावरण अहिले छैन ।

सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुपर्ने समयमा झन् आहात पु¥याएको हामीलाई महसुस भएको छ । आर्थिक क्रियाकलाप नै संचालन गर्न नसकिएको अवस्थामा कर तिर्ने पैसा पनि व्यवसायीसँग हुँदैन ।

कोरोना महामारीबाट बचेर तथा आफ्नो र उपभोक्ताको स्वास्थ्यप्रति सचेत भएर आर्थिक गतिविधि संचालन गर्ने वातावरण सरकारले तयार गर्नु आवश्यक छ । समय तालिका मिलाएर व्यवसाय संचालन गर्न सरकारले उद्योगी व्यवसायीलाई प्रेरित गर्नुपर्छ ।

निर्माण, कृषि लगायतका व्यवासाय संचालन गर्नुपर्ने बाध्यात्मक अवस्थामा पनि काममा जान लागेका व्यक्ति र मालवाहक गाडीलाई पनि प्रशासनले अनावश्यक दुःख दिने गरेको पाइन्छ । (कुराकानीमा आधारित)

You might also like

Comments are closed.