लकडाउन ८ दिन थप, लकडाउनलाई अझै कडा बनाउने तयारी

काठमाडौं । कारोनो भाइरस संक्रमण जोखिमलाई मध्यनजर गरी सरकारले लकडाउनको समय बढाएको छ । थप ८ दिन लकडाउन गरिने आइतबार बसेको मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ ।

अबको लकडाउनलाई अझै कडाई गर्ने सरकारले जनाएको छ । अत्यावश्यक काममा बाहेक लकडाउन उल्लंघन गरेमा ६ महिना जेल हाल्नेसम्मको कारबाही हुनेछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसलाई मन्त्रीपरिषद बैठकले अनुमोदन गरेको हो ।

You might also like

Comments are closed.